फिल्म‘लाखे’ मा प्रशान्त ‘भिलेन’

काठमाडौं । हरि मल्ल ठकुरी कार्यकारी निर्माता रहेको फिल्म ‘लाखे’मा अभिनेता प्रशान्त ताम्राकार भित्रिएका छन् । फिल्मको मुख्य भिलेन भूमिकाको लागि उनी अनुबन्धित भएका हुन् ।
यसअघि भिलेनको भूमिकामा कलाकार सुनिल थापा छनोट भएका थिए । तर,थापाले बलिउड फिल्ममा अभिनय गरिरहेका कारण ‘लाखे’लाई समय दिन नसक्ने भएपछि निर्माण पक्ष र थापाकै सहमतिमा ताम्राकारलाई अनुबन्धित गरिएको हो ।
अभिनेता ताम्राकार ‘लाखे’ मा जोडिन पाउदा खुसी लागेको बताएका छन् । ‘लाखे’ मल्टिस्टार कलाकारले भरिएको फिल्म हो,’ ताम्राकारले भने, ‘एकसाथ धेरै स्टार कलाकारसँग काम गर्न पाउदा निकै खुसी लागेको छ ।’
फिल्ममा आफुले सक्दो नयाँ र राम्रो काम गर्न कोसिस गर्ने ताम्राकारले सुनाए । सम्राट बस्नेत निर्देशित फिल्म ‘लाखे’को काठमाडौं उपत्यकाका विभिन्न स्थानमा छायांकन भइरहेको छ । फिल्ममा अनुपविक्रम शाही, आर्यन अधिकारी, अर्पण थापा, सुशील सिटौला, बर्षा राउत, रोहित रुम्बालगायतका कलाकारको अभिनय छ ।
ग्लोबल मिडिया एण्ड रिसर्च सेन्टर तथा औरियन प्रोडक्सनको ब्यानरमा निर्माण हुने फिल्मका निर्माता सिजन अर्याल हुन् । कथासमेत निर्माता अर्यालकै रहेको फिल्मको गणेश मल्ल ठकुरी प्रस्तुतकर्ता रहेका छन् ।










एनआरएनएको १२औँ महाधिवेशन फागुन दोस्रो साता
एमएडब्लु वृद्धिद्वारा नेपालगञ्जमा अत्याधुनिक डोङफेङ र दीपाल शोरुमको उद्घाटन
महानगरको प्राथमिकतामा खर्च कटौती, पुँजीगत लगानी र सेवा सुधार : मेयर बालेन
एक क्वीन्टलबढी गाँजासहित सुनसरीबाट दुई जना पक्राउ
युवाको माग सम्बोधन गर्न केन्द्रीय सदस्यमा मेरो निरन्तरता आवश्यक : कमला वोहरा (अन्तर्वार्ता)
लुम्बिनीले जित्यो एनपीएल सिजन–२ को उपाधि, सुदूरपश्चिम फेरि स्तब्ध
आज उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै, कसले जित्ला एनपीएल ?
आज मंसिर २७ गते शनिवारको राशिफल, तपाइकाे दिन शुभ रहाेस्
यु–१९ एसिया कप : नेपालले पहिलो खेलमा श्रीलङ्कासँग खेल्दै
प्रतिक्रिया