मधेसी आयोगमा १ सय ९० वटा उजुरी, वार्षिक प्रतिवेदन १ नम्बरका प्रदेश प्रमुखलाई पेश

काठमाडौं । मधेसी आयोगमा १ सय ९० वटा उजुरी परेका छन् । मधेसका विभिन्न मुद्दाहरु समेटिएको ती उजुरीहरु परेको आयोगले जनाएको छ ।
आयोगले मधेसका विभिन्न मुद्दाहरुसहितको आफ्नो वार्षिक प्रतिवेदन बुधबार प्रदेश १ का प्रदेश प्रमुख परशुराम खापुङलाई बुझाएको छ ।
प्रदेश नं. १ को कार्यालय विराटनगरमा आयोगका सदस्यहरु जीवछ साह, रेणुदेवी साह र विजयकुमार गुप्ताको उपस्थितिमा प्रदेश प्रमुख खापुङलाई प्रतिवेदन बुझाएको हो ।
नेपालको संविधानको धारा २६२ ले गठन गरेको मधेसी आयोगले मधेसीको समस्या मधेसीको मात्रै नभएको प्रदेश प्रमुख परशुराम खापुङले बताए ।
राष्ट्रिय समस्या भएपनि कतिपय समस्याहरु फरक ढङ्गले अध्ययन नगरी समाधानको विन्दुमा नपुगिने भएकोले मधेसीलगायत अन्य आयोग गठन हुन पुगेको प्रदेश प्रमुख खापुङको भनाई थियो ।
प्रतिवेदन बुझ्ने क्रममा प्रदेश प्रमुख कार्यालयका सचिव तुलसीराम सेढाईले संविधानमा उल्लेख भएअनुसार प्रदेशलाई बुझाउने प्रतिवेदन प्रदेशस्तरीय हुनुपर्ने जिज्ञासा राखेका थिए ।
प्रतिवेदनमा बाढिपहिरोले पु¥याएको क्षति, मधेसी समुदायमा देखिएको जातीय विभेद, धार्मिक तथा साम्प्रदायिक विवाद, नेपाल भारत सीमा उत्पन्न तनावले मधेसी समुदायमा परेको प्रभावलगायतको अनुगमन तथा अध्ययनका विषयहरु समेटिएको छ ।
आयोगले मधेसी समुदायको पहिचानको सम्बन्धमा अध्ययन गरी थर पनि सूचिकरण गरेको छ । थर सूचिकरणलाई अद्यावधिक बनाउन विश्वविद्यालय, केन्द्रीय तथ्याङ्क विभाग, संस्कृतिविदलगायतका विज्ञ तथा पदाधिकारीसँग अन्तक्रिया पनि गरिएको प्रतिवेदनमा उल्लेख छ ।
















पोखरामा पाँच लाख पुरस्कार राशिको महिला गोल्डकप सुरु, पुलिस फाइनलमा
बनेपामा आजदेखि हजारौँ वर्ष पुरानो ऐतिहासिक चण्डेश्वरी भगवती जात्रा सुरु
सशस्त्र प्रहरी महानिरीक्षक अर्यालको फौजी परम्पराअनुसार बिदाइ
पहिरोले डोजर पुर्दा चालकको मृत्यु
लागुऔषधसहित देशका विभिन्न स्थानबाट ३४ जना पक्राउ
आज विदेशी मुद्राको विनिमयदर : डलरको भाउ बढ्यो
शिवम् सिमेन्टद्वारा विशेष क्षमता भएका बालक सन्देश बुढा मगरलाई शैक्षिक सहयोग
प्रधानमन्त्री रहमान द्वारा ढाकालाई स्वच्छ सहर बनाउने लक्ष्यसहित १२ बुँदे योजना सार्वजनिक
पठाइएका कर्मचारीलाई हाजिर गराउन र सरुवा भएकालाई रमाना दिन सामान्यको निर्देशन
हर्क साम्पाङले मागे प्रधानमन्त्रीको राजीनामा
प्रतिक्रिया