कोरोना संक्रमित ३ हजार ६३७ थपिए, १२ जनाको मृत्यु
मेरोन्यूज
२०७८ माघ १९ गते १६:५१

काठमाडौं । नेपालमा केही समय ह्वात्तै बढेको कोरोना संक्रमण घट्दो क्रममा रहेको छ । पछिल्लो २४ घण्टाको अवधिमा देशभरबाट ३ हजार ६ सय ३७ जनामा संक्रमण पुष्टी भएको छ ।
देशभरका विभिन्न प्रयोगशालामा ६ हजार ४९९ जनाको पीसीआर परीक्षण गर्दा २ हजार २०५ जना र ५ हजार ८३ जनाको एन्टीजेन विधिबाट परीक्षण गर्दा १ हजार ४३२ जनामा संक्रमण पुष्टी भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट १२ जनाको मृत्यु भएको छ ।
सोही अवधिमा देशभरबाट ७ हजार ५५५ जना संक्रमणमुक्त भएका छन् । अहिले नेपालमा ६९ हजार २९१ सक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ ।
सम्बन्धित
















कैलालीमा कुटपिट गर्दा श्रीमतीको मृत्यु
यही माघ तेस्रो सातादेखि एचपिभी खोप लगाइँदै
म दुई दिनको चटक देखाउन होइन, मधेस पढ्न र बुझ्न आएको हुँः सभापति थापा
अस्पतालमा राखिएको शव अर्कैले लिएर अन्त्यष्टि गरेपछि…
निर्वाचन आयोगको ‘कल सेन्टर’मा मतदाता नामावलीसम्बन्धी जिज्ञासा धेरै
स्वतन्त्र उम्मेदवार महावीर पुनलाई उज्यालो पार्टीको समर्थन
दुई हजार एक सय जना एमालेमा प्रवेश
निर्वाचनको बेला कार्यकर्ताको मनोबल खस्किने अभिव्यक्ति नदिन ओलीलाई पाण्डेको जवाफ
नेपाली कम्युनिस्ट पार्टीले हरिबोल गजुरेलसहित ७ नेतालाई गर्यो निष्कासन
पूजाको अर्धशतकमा नेपालले जिम्बाबेलाई हरायो,सुपर- ६ मा पुग्ने सम्भावना
प्रतिक्रिया