सोमबार, पुष १४, २०८२

माधव नेपालका महासचिवले भने– कार्यदलको अध्ययनपछि मात्रै एमसीसी अघि बढ्छ

मेरोन्यूज २०७८ माघ १९ गते १८:५२

काठमाडौं । सत्तासाझेदार नेकपा (एकीकृत समाजवादी) का महासचिव वेदुराम भुसालले सत्तारुढ गठबन्धनले बनाएको कार्यदलको अध्ययनपछि मात्रै एमसीसीको विषयमा अघि बढ्ने बताएका छन् ।

बुधबार काठमाडौंमा भएको एक कार्यक्रममा बोल्दै महासचिव भुसालले एमसीसीलाई लिएर सत्तारुढ गठबन्धनमा भएका मतभेदहरु कार्यदलको निस्कर्षपछि समाप्त हुने बताएका हुन् ।

उनले स्थानीय चुनावको विषयलाई लिएर गठबन्धनमा कुनै विवाद नभएको पनि बताए । महासचिव भुसालले एमसीसी बारेका ९ वटा दस्ताबेजको बारेमा कार्यदलले गम्भीर अध्ययन गरिरहेको पनि बताए ।

उनले एमसीसी स्थानीय निर्वाचनको एक एजेण्डा भएको भन्दै चुनावको सबै एजेण्डा एमसीसी मात्रै भएको तर्क गरे ।

महासचिव भुसालले एमसीसीले देशलाई फाइदा नगर्ने हो भने पास गर्नु नहुने भन्दै एमसीसीको सबै दस्ताबेजहरुको बारेमा कसैले पनि पूरा अध्ययन नगरेको बताए ।

प्रतिक्रिया