सरकारले नगरे निर्वाचन आयाेगले निर्वाचन घोषणा गर्नुपर्छः पूर्व महान्याधीवक्ता बडाल

काठमाडौं । पूर्व महान्यायाधिवक्ता रमेश बडालले सरकारले तत्काल स्थानीय तहको निर्वाचन मिति घोषणा नगरे निर्वाचन आयोग आफैले निर्वाचन मिति घोषणा गर्नु पर्ने बताएका छन् ।
बुधवार राष्ट्रिय युवा संघ नेपालले काठमाडौंमा आयोजना गरेको स्थानीय तह निर्वाचन, संवैधानिक व्यवस्था र अबको राजनीति विषयक खुल्ला बहस’ कार्यक्रममा बोल्दै सरकारले तत्काल स्थानीय तहको निर्वाचन मिति घोषणा नगरे निर्वाचन आयोग आफैले निर्वाचन मिति घोषणा गर्नु पर्ने बताएका हुन् ।
उनले सरकारले स्थानीय तहको निर्वाचन मिति घोषणा नगरे निर्वाचन आयोग चुप लागेर बस्न नमिल्ने भन्दै आयोग आफैले निर्वाचनको मिति तोकेर अगाडि बढ्नु पर्ने बताए । बडालले सरकारले निर्वाचन घोषणा नगरेको अवस्थामा निर्वाचन आयोग आफैले मिति तोक्ने भन्दा अन्य कुनै संवैधानिक व्यवस्था नभएको जिकिर गरे ।
उनले संविधानमा नै राष्ट्रपति, उपराष्ट्रपति,प्रतिनिधि सभा, प्रदेश सभा राष्ट्रिय सभा र स्थानीय तहको निर्वाचन गर्नको लागि संविधान र कानून बमोजिम निर्वाचन आयोग आफैले गर्ने सक्ने भन्ने भाषा प्रयोग भएको बताए ।
यस अगाडि सर्वोच्च अदालतले पूर्वप्रधानमन्त्री केपि शर्मा ओलीले प्रतिनिधिसभा विघटन गर्दा सभामुखलाई संसद चलाउन दिएको आदेश त्यतिकै रुपमा स्थानीय निर्वाचन मिति तय गर्न अवस्थामा लागू हुने बताए । उनले अदालतले एउटा कसैलाई समाप्त पार्नको लागि जारी गरेको आदेश आगामी दिनमा उसैलाई समाप्त पार्नको लागि प्रयोग हुनसक्ने बताए ।
त्यस्तै, नेपाल बारका कोषाध्यक्ष रुद्र पोखरेलले स्थानीय तहको निर्वाचनको मिति तोक्ने विषयमा कुनै सवैधानिक मुद्धा नभएर राजनीतिक मुद्धा भएको बताए । उनले निर्वाचन गर्ने विषयमा कुनै पनि कानून नबाझिएको बताए ।
संविधानमा स्थानीय तहको एक दिन पनि रिक्तताको परिकल्पना समेत नगरेकाले समयमा नै सरकारले निर्वाचन गर्नु पर्ने बताए । पोखरेलले संविधान विपरित अध्यादेशबाट कानून संशोधन गरेर जन्मिएको तथा मुलुकमा संधै अस्थिरता मच्चाउन खोज्ने पार्टी नै निर्वाचनमा जान नचाहेको बताए ।
कोषाध्यक्ष पोखरेलले अहिलेको गठबन्धन सरकारले एमसिसि समेत पास गर्नु पर्ने अवस्था भएकाले स्थानीय निर्वाचनको विवाद उठाएर एक दुई महिना लम्ब्याउने दाउमा दुई पार्टी लागेको बताए ।
दुई पार्टीले नेपाली काङग्रेसलाई समेत स्थानीय निर्वाचन मिति तोक्ने विषयमा अल्मल्याएर कलंकको टिका लगाउने प्रयास गरेको पोखरेलले आरोप लगाए ।
















सशस्त्र प्रहरी महानिरीक्षक अर्यालको फौजी परम्पराअनुसार बिदाइ
पहिरोले डोजर पुर्दा चालकको मृत्यु
लागुऔषधसहित देशका विभिन्न स्थानबाट ३४ जना पक्राउ
राष्ट्रपतिद्वारा सम्पत्ति शुद्धीकरण अध्यादेश जारी
इरानले अमेरिकासँगको वार्ताका लागि पाकिस्तानी मध्यस्थतामा नयाँ प्रस्ताव प्रस्तुत
चितवन राष्ट्रिय निकुञ्जद्वारा अतिक्रमित क्षेत्र खाली गर्न पन्ध्र दिने सूचना जारी
काठमाडौँ महानगरको निर्देशनपछि बसपार्कबाट सञ्चालन हुन थाले धादिङ र नुवाकोटका बस
आज विदेशी मुद्राको विनिमयदर : डलरको भाउ बढ्यो
प्रधानमन्त्री रहमान द्वारा ढाकालाई स्वच्छ सहर बनाउने लक्ष्यसहित १२ बुँदे योजना सार्वजनिक
वीरगञ्ज हुँदै भित्रियो २६ अर्ब १३ करोडको सवारीसाधन र पार्टपुर्जा
प्रतिक्रिया