लेक लागेर एक पुरुषको मृत्यु
मेरोन्यूज
२०७८ माघ २० गते १२:११

पाँचथर । पाँचथरमा लेक लागेर एक जनाको मृत्यु भएको छ । पाँचथरको फालेलुङ गाउँपालिका–५ टुनीबोटेका ३१ वर्षीय विशाल मगरको फालेलुङ–५ धुपीडाँडामा लेक लागेर बिहीबार बिहान ३ बजे मृत्यु भएको हो ।
भाइ विक्रम मगरसँग बुधबार भारतसँगको सीमा क्षेत्र आहालमा रहेको चौंरी गोठतर्फ लागेका विशाल घरबाट करिब १५ किलोमिटरमाथि हिमपातका कारण गोठतर्फ जान नसकी घर फर्केका थिए । तर, घर फर्कने क्रममा घुपीडाँडा आइपुग्दा लेक लागेर बेहोस भएका उनको बिहीबार मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ ।
घटनाको जानकारी पाएपछि प्रहरी चौकी प्राङबुङको टोली घटनास्थल पुगेको जिल्ला प्रहरी कार्यालय पाँचथरका सूचना अधिकारी डम्बर विश्वकर्माले जानकारी दिए ।
सम्बन्धित
















सुकुम्वासी व्यवस्थापन अभियानः सहयोगका लागि वास्तविक सुकुम्वासीलाई आग्रह
सुनसरी प्रहरीको ‘स्वीप अपरेसन’ : १२० जना नियन्त्रणमा
सुक्खाले बढायो डढेलो र प्रदूषण
Hindu Kush Himalaya snowpack down to record low, water shortages imminent: Report
अवैध रूपमा बनाइएका घरटहरा खाली गर्न काठमाडौँ प्रशासनको सूचना
सरकार बनेको महिना दिन नपुग्दै गयो २ मन्त्रीको पद
चाँगुनारायणमा दुई महिने ‘ढाका बुनाई’ तालिम सम्पन्न
रविको सांसद पद निलम्बनको माग गर्दै सर्वोच्चमा रिट
इरान वार्ता अघि नबढे इरानमा पुनः ‘बमबारी’ हुनसक्ने राष्ट्रपति ट्रम्पको भनाइ
संसदका दुवै सदनको अधिवेशन आह्वान
प्रतिक्रिया