स्थानीय तहको निर्वाचन मिति घोषणा गर्न आह्वान

काठमाडौं । नागरिक समाज तथा विभिन्न सङ्घ संस्थाले निर्वाचन आयोगले सरकारलाई सिफारिस गरेको मितिमा स्थानीय तहको निर्वाचनको मिति घोषणा गर्न आह्वान गरेका छन् ।
नेपाल पत्रकार महासङ्घ, गैरसरकारी संस्था महासङ्घ, मानव अधिकार एलाइन्ससहित २२ वटा नागरिक समाज तथा विभिन्न सङ्घ संस्थाले आगामी जेठ ४ गते निर्वाचन गर्न निर्वाचन आयोगले सरकारलाई सुझाव दिएकोले सोही अनुसार मिति घोषणा गर्न आह्वान गरेका हुन् ।
ती सङ्घसंस्थाले आज (विहिबार) जारी गरेको प्रेस विज्ञप्तिमा कुनै पनि बहानामा स्थानीय तहको निर्वाचनको मिति पर धकेल्ने काम गर्न नहुने बताइएको छ ।
स्थानीय तह निर्वाचन ऐन २०७३ को दफा ३ ले गाउँपालिका र नगरपालिका सदस्यको निर्वाचन गाउँसभा र नगरसभाको कार्यकाल समाप्त हुनुभन्दा दुई महिनाअघि सम्पन्न हुनेछ भन्ने उल्लेख गरेको छ ।
स्थानीय तहका निर्वाचित सदस्यको कार्यकाल २०७९ जेठ ५ गते सकिँदै छ ।

















चितवन राष्टिय निकुञ्जको २ सय ५ गोही नदीमा छाडियो
कैलालीमा ट्रकले गोरुगाडालाई ठक्कर दिँदा एक दम्पतीको मृत्यु
बागलुङमा ११ सडक धमाधम स्तरोन्नति हुँदै
Woman murdered by husband
सुनचाँदीकोे मूल्य आज पनि घट्यो, कतीमा हुँदैछ काराेबार ?
सुर्खेतमा दुई छोराछोरीसहित आमा सम्पर्कविहीन, भेरी किनारमा भेटियो मोबाइल र झोला
‘धुरन्धर २’ ले रिलिजअघि नै कमायो १०० करोड, तोड्यो बाहुबलीको रेकर्ड
रास्वपाकाे सांसद अभिमुखीकरण कार्यक्रममा मोबाइल निषेध, आफन्त पनि प्रतिबन्ध
अब राष्ट्रिय परिचयपत्रका आधारमा स्वास्थ्य बीमा सेवा
रवि लामिछाने अस्पतालबाट डिस्चार्ज
प्रतिक्रिया