काठमाडौँ जिल्ला अदालतको सेवा संकुचन लम्बियो
काठमाडौँ । काठमाडौँ जिल्ला अदालतले आफ्नो सेवा सानो बनाएको समयावधि २८ माघसम्म लम्ब्याएको छ । अदालतको बिहीबार बसेको पूर्ण बैठकले ५ माघको निर्णय बमोजिम भएको सेवा संकुचनलाई निरन्तरता दिने निर्णय गरेको हो ।
कोरोना भाइरस (कोभिड–१९)को नयाँ भेरियन्ट ओमिक्रोनलगायत विभिन्न कारणले न्यायाधीश, कर्मचारी संक्रमित भएको र यस अवस्थामा स्वास्थ्य सुरक्षालाई मध्यनजर गर्दै सेवा विस्तार कम गरेको हो । कोभिड संक्रमणको जोखिम न्यूनीकरण गर्न भन्दै ५ माघको पूर्ण बैठकले ६ माघदेखि १८ माघसम्म सेवा संकुचन गर्ने निर्णय गरेको थियो । सोही निर्णयलाई बिहीबार बसेको पूर्ण बैठकले पुनः निरन्तरता दिने निर्णय गरेको हो ।
‘मुद्दा÷निवेदन दर्ता गर्ने सम्बन्धमा अत्यावश्यक भएमा मात्र अदालतमा उपस्थित भई सेवा लिन र तारिख लिनेलगायत सेवाहरू लिने क्रममा जनस्वास्थ्यका निर्धारित मापदण्ड पालना गरी भिडभाड हुन नदिई सामाजिक दुरी कायम गरिदिन’ अदालतले भनेको छ ।
















सिरहाका चार निर्वाचन क्षेत्रमा नौ पूर्वमन्त्री चुनावी मैदानमा
झापामा ५५ जना नयाँ कुष्ठरोगी फेला, नयाँ रोगीको सङ्ख्या बर्सेनि बढ्दै
स्कटल्यान्डविरुद्ध नेपालको उत्कृष्ट सुरुवात
दलित अभियन्तादेखि राष्ट्रिय सभा सदस्यसम्म
कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु
महावीर पुनको चुनाव चिह्न ‘त्रिभुज’
कांग्रेस बदल्यौँ, अब देश बदल्छौँ : सभापति थापा
बाबुरामसहित ४९ जनाले लिए उम्मेदवारी फिर्ता
मनाङमा एमाले र राप्रपाका उम्मेदवारले फिर्ता लिए उम्मेदवारी
प्रतिक्रिया