नारायणहिटीको जीर्ण संरचना मर्मत गर्न मन्त्री आलेको निर्देशन

काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेमबहादुर आलेले नारायणहिटी दरबार संग्रहालयका जीर्ण भएका संरचनालाई मर्मत गर्न निर्देशन दिएका छन् । बिहीबार मन्त्री आलेले नारायणहिटी दरबार संग्रहालयमा स्थलगत अवलोकन गर्दै संग्रहालय परिरसमा जीर्ण अवस्थामा रहेका संरचना मर्मत गर्न निर्देशन दिएका हुन् ।
संग्रहालय अवलोकनपछि मन्त्री आलेले संग्रहालयभित्रका विभिन्न ठाउँका बत्ति तुरुन्त मर्मत गरी सुरु गर्न निर्देशन दिएको बताए । यसैगरी गेटको बाहिर छाना छुहिने अवस्था रहेको तथा पुराना गाडी मर्मत गरी रङरोग गरेर राख्नसमेत निर्देशन दिइएको जानकारी दिए ।
उनले भने, ‘यहाँ केही ठाउँका बत्तिहरु फेर्न पर्ने भएको छ, गेटको बाहिर हेर्दा छाना चुहिने रैछ । पानीभित्र पस्ने, त्यसलाई पनि तुरुन्त मर्मत गर्ने र यहाँ भएका विगतका पुराना गाडीहरुलाई मर्मत गरेर, रङरोगन गरेर म्युजियममा राख्ने, डिपिआर गर्नेदेखि लिएर थुप्रै काम देखियो, डिपिआर बनिसकेपछि नारायणहिटी संग्रहालयभित्र भएका जति पनि अधुरा कामहरु छन्, त्यसलाई सम्पन्न गर्न छलफल पनि भएको छ ।’
उनले विगतमा संग्रहालय परिसरभित्र क्याफ्टेरिया सञ्चालन गर्न १४ रोपनी अतिक्रमण गरी बनाइएको भौतिक संरचनाहरु भत्काइसकिएको बताए । संग्रहालय परिसरलाई व्यवस्थित गर्न आगामी आर्थिक वर्षमा बजेटको व्यवस्थापन गरिने उनले उल्लेख गरे ।
बतास समूहलाई नारायणहिटी दरबार संग्रहालयबाट हटाउन र आवश्यक अनुसन्धान गर्न सम्बन्धित निकायलाई पत्राचार भइसकेको मन्त्री आलेले बताए ।













इन्डोनेसियामा नर्सिङ होममा आगलागी हुँदा १६ जनाको मृत्यु
सुन्तलाखेतीबाट लाखाैं कमाउँदै बन्दीपुरका किसान
अशोक राई नेतृत्वको जसपा फुट्यो, रेणु यादवसहितका नेता उपेन्द्रकाे जसपा नेपालमा फर्किए
सुनजस्तो देखिने वस्तु देखाएर ५ लाख ठगी, चार जना पक्राउ
प्रहरी प्रधान कार्यालयका प्रहरी परिचर मृत फेला
पुष १२ गते शनिवारकाे राशिफल, तपाइकाे आज दिन शुभ रहाेस्
देश अब नयाँ शिराबाट अगाडि बढ्छः मन्त्री घिसिङ
समानुपातिक उम्मेदवार टुंगो लगाउन एमालेले बोलायो सचिवालय बैठक
क्रिकेट प्रशिक्षक जगत टमाटा राखेप बोर्ड सदस्य नियुक्त
मन्त्रिपरिषद् बैठकः विभिन्न जिल्लाका नौ स्थानमा इलाका प्रशासन कार्यालय स्थापना गर्ने
प्रतिक्रिया