शनिबार, माघ ३, २०८२

फाल्गुन १ देखि विद्यालय खोल्ने सरकारको निश्कर्षः सीसीएमसीले निर्णय गर्ने

मेरोन्यूज २०७८ माघ २१ गते १९:३६

काठमाडौं । सरकारले आगामी फागुन १ गतेदेखि कोरोना संक्रमणको जोखिम कम भएको ठाउँमा विद्यालय खोल्ने तयारी गरेको छ ।

सिंहदरबारस्थित प्रधानमन्त्रीको कार्यालयमा शुक्रबार विद्यालय सञ्चालनबारे भएको छलफलमा विद्यालय खोल्ने निश्कर्ष निकालेको हो । विद्यालय खोल्ने निर्णय भने सीसीएमसी बैठकले गर्ने जनाइएको छ ।

कोरोना संक्रमण बढेको भन्दै पुस २९ गतेदेखि बन्द गरिएको विद्यालय कोरोना विरुद्धको खोप लगाउन भन्दै माघ १५ गतेदेखि खुल्ला गरिएको थियो ।

प्रतिक्रिया