मिलको पट्टामा बेरिएर बालिकाको मृत्यु
मेरोन्यूज
२०७८ माघ २१ गते १९:४८

कैलाली । कञ्चनपुरमा मिलको पट्टामा बेरिएर एक बालिकाको मृत्यु भएको छ ।
जिल्लाको कृष्णपुर नगरपालिका वडा नम्बर १ मा रहेको मिलको पट्टामा दिल बहादुर खत्रीकी ११ वर्षीया छोरी ललिता खत्रीको मृत्यु भएको हो ।
दिउँसोको खेल्ने क्रममा अचानक चलिरहेको मिलको पट्टामा बेरिएर उनको ज्यान गएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता एवं प्रहरी नायव उपरीक्षक चक्रबहादुर शाहले बताए ।
मृतक बालिकाको शव परीक्षणका लागि महाकाली प्रादेशिक अस्पतालमा राखिएको प्रवक्ता शाहले बताएका छन् ।
सम्बन्धित
















पार्सल पठाउने नाममा ठगी गर्ने लिम्बू पक्राउ
सुकुम्वासी व्यवस्थापन अभियानः सहयोगका लागि वास्तविक सुकुम्वासीलाई आग्रह
सुनसरी प्रहरीको ‘स्वीप अपरेसन’ : १२० जना नियन्त्रणमा
सुक्खाले बढायो डढेलो र प्रदूषण
Hindu Kush Himalaya snowpack down to record low, water shortages imminent: Report
सरकार बनेको महिना दिन नपुग्दै गयो २ मन्त्रीको पद
चाँगुनारायणमा दुई महिने ‘ढाका बुनाई’ तालिम सम्पन्न
रविको सांसद पद निलम्बनको माग गर्दै सर्वोच्चमा रिट
इरान वार्ता अघि नबढे इरानमा पुनः ‘बमबारी’ हुनसक्ने राष्ट्रपति ट्रम्पको भनाइ
गृहमन्त्री सुधन गुरूङले दिए राजीनामा
प्रतिक्रिया