एमसीसीविरुद्ध चितवनमा क्रान्तिकारी माओवादीको प्रदर्शन

चितवन । अमेरिकी सहयोग परियोजना एमसीसी सम्झौता खारेजीको माग गर्दै नेकपा (क्रान्तिकारी माओवादी)ले चितवनको भरतपुरमा प्रदर्शन गरेको छ ।
राष्ट्रिय स्वाधीनताको पक्षमा र एमसीसीको विरोधमा भरतपुरको लायन्सचोकबाट भएको प्रदर्शन नारायणघाटको पुलचोक आएर विरोधसभामा परिणत भएको थियो ।
विरोधसभामा बोल्दै नेकपा क्रान्तिकारी माओवादी चितवनका इन्चार्ज घननाथ सापकोटाले एमसीसी सम्झौता सदनबाट पास गर्ने धृष्टता गरिए प्रतिवाद गरिने चेतावनी दिए ।
क्रान्तिकारी माओवादी चितवन सेक्रेटरी अशोक शर्माले एमसीसीविरुद्ध सबै राष्ट्रवादीहरु एकढिक्का हुने भन्दै जनताले सशक्त प्रतिवाद गर्ने बताए ।
यस्तै, नेकपा क्रान्तिकारीका सहिद परिवारका कमरेड खड्गबहादुर कुँवर, अखिल क्रान्तिकारीका केन्द्रीय सदस्य कृष्ण सुनार, देशभक्त जनगणतान्त्रिक मोर्चा चितवन अध्यक्ष बाबुराम प्यासी, अखिल नेपाल प्रगतिशील लेखक संघका रविकिरण निर्जीव, अखिल नेपाल सुकुम्बासी संघ (क्रान्तिकारी) का नरबहादुर गौतमले कुनै पनि हातलमा एमसीसी पास हुन नदिने चेतावनी दिएका थिए ।













ताप्लेजुङमा मतदाताको सङ्ख्या ९० हजार नाघ्यो
इन्डोनेसियामा नर्सिङ होममा आगलागी हुँदा १६ जनाको मृत्यु
सुन्तलाखेतीबाट लाखाैं कमाउँदै बन्दीपुरका किसान
अशोक राई नेतृत्वको जसपा फुट्यो, रेणु यादवसहितका नेता उपेन्द्रकाे जसपा नेपालमा फर्किए
सुनजस्तो देखिने वस्तु देखाएर ५ लाख ठगी, चार जना पक्राउ
पुष १२ गते शनिवारकाे राशिफल, तपाइकाे आज दिन शुभ रहाेस्
देश अब नयाँ शिराबाट अगाडि बढ्छः मन्त्री घिसिङ
समानुपातिक उम्मेदवार टुंगो लगाउन एमालेले बोलायो सचिवालय बैठक
क्रिकेट प्रशिक्षक जगत टमाटा राखेप बोर्ड सदस्य नियुक्त
मन्त्रिपरिषद् बैठकः विभिन्न जिल्लाका नौ स्थानमा इलाका प्रशासन कार्यालय स्थापना गर्ने
प्रतिक्रिया