हिउँ खेल्न पहाड चढे आन्तरिक पर्यटक

धनगढी । सुदूरपश्चिमका पहाडी क्षेत्र आन्तरिक पर्यटकले भरिएका छन् । बिहीबारदेखि भएको हिमपातपछि तराईबाट हिउँमा खेल्न पहाड जाने पर्यटक बढेका हुन् ।
हिउँको दृश्य अवलोकन गर्न पहाड चढेको धनगढीका समीर भण्डारीले बताए । ‘मैले अहिलेसम्म हिउँमा खेल्न पाएको थिएन,’ उनले भने, ‘यसवर्ष हिउँ खेल्न पहाड चढेको हुँ ।’
कञ्चनपुरको कृष्णपुर नगरपालिका–३ का योगेन्द्र जोशीले पनि हिउँ खेल्न साथीसँग पहाड चढेको बताए ।
‘तराईमा हिउँ पर्दैन,’ उनले भने, ‘त्यसैले हिउँ खेल्न पहाड चढेका हौं, यहाँको दृश्य निकै सुन्दर छ ।’ हिमपातको दृश्य अवलोकन गर्दै कैलालीसँग सिमाना जोडिएको डोटीको गैरासम्म जानुपर्छ । भीमदत्त राजमार्ग हुँदै कैलालीबाट गैरासम्म पुग्न निजी सवारीमा दुई घण्टा लाग्नेगर्छ ।

हिउँको दृश्य अवलोकन गर्न र हिउँसँग खेल्न चिसोको प्रवाह नगरी कैलाली कञ्चनपुरका हजारौं मानिस गैरासम्म पुगेका छन् ।
तराईबाट हिउँ खेल्न मानिस पहाड चढ्दा त्यहाँका व्यवसायीको व्यापार पनि बढेको छ । हिउँमा खेल्न आएका मानिसहरूले केहीनकेही खानेकुरा किनेर खाने गर्छन्,’ गैराका स्थानीय व्यवसायी प्रेम बोहराले भने, ‘जसका कारण यहाँको व्यापार बढेको छ ।’
हिउँ खेलेपछि मानिस खाजाका लागि प्रायः होटेलमा छिर्ने गरेको भन्दै उनले हिमपातका कारण स्थानीय होटेल व्यवसायीलाई बढी फाइदा भएको बताए ।

















भक्तपुरमा आजैदेखि मतगणना गरिने
काठमाडौं क्षेत्र नं ३ मा ९ बजे सर्वदलीय बैठकपछि मतगणना गर्ने तयारी
अमेरिकी आधारहरूमा आक्रमण बढाउँदै इरान
Iranian drones hit Azerbaijan airport, near school
Israeli strikes killed eight people in south Lebanon : state media
सुरक्षा व्यवस्था चुस्त छ, निर्धक्क भएर मतदान गर्नुस् : सुरक्षा फौज
Why Tech Innovation Is Central to China’s 15th Five-Year Plan
राष्ट्रिय परिचयपत्र वा लाइसेन्स देखाएर पनि मतदान गर्न पाइने
जिल्ला प्रशासन कार्यालय काठमाडौँमा अस्थायी मतदान केन्द्र
जतिसक्दो छिटो बहराइन, जोर्डन र इराक छाड्न आफ्ना नागरिकलाई अमेरिकाको निर्देशन
प्रतिक्रिया