कञ्चनपुरमा घरका सबै सदस्यलाई बेहोस बनाएर लुटपाट
पुस्कर पौडेल
२०७८ माघ २२ गते १९:१७

कैलाली । कञ्चनपुरमा एक घरका सबै सदस्यहरुलाई बेहोस बनाएर दुई भारतीय नागरिकले लुटपाट गरेका छन् ।
जिल्लाको भीमदत्त नगरपालिका–३ को शुभप्रभात टोलका स्थानीय सन्तोश पाण्डेका परिवारका सबै सदस्यलाई बेहोस बनाएर शुक्रबार राति घरमा लुटपाट भएको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) चक्रबहादुर शाहले पाण्डेका अनुसार घरमा दुई दिन अगाडि मात्र कोठा भाडा लिएर बस्दै आएका दुई जना भारतिय नागरिकले सबैलाई बेहोस बनाएर लुटपाट गरिएको जानकारी दिए ।
‘दुई दिनअघि मात्र उहाँको घरमा कोठा भाडा लिएर बस्ने गरेका दुई जना भारतीय नागकिरले शुक्रबार राति श्रीमतीको जन्मदिन परेको भन्दै मिठाइ र केक खुवाउनुभएको रहेछ,’ डीएसपी शाहले भने, ‘तर पिठाइ र केकमा नसालु पदार्थ खुवाएर घरका सबै सदस्यलाई बेहोस बनाएर लुटपाट भएको देखिन्छ ।’
सम्बन्धित

















ललितपुर महानगरको नयाँ प्रशासनिक भवन ‘ब्लक–सी’ उद्घाटन
चैत १६ गते संघीय संसद्को अधिवेशन बोलाउने तयारी
चैत १३ गते प्रधानमन्त्रीको शपथ लिने बालेनको तयारी
विमानस्थलबाट २८ हजार ९०० अमेरिकी डलरसहित तीन नेपाली पक्राउ
रवि-बालेनसहित रास्वपा शीर्षनेताबीच भेटवार्ता
आजको मौसम पूर्वानुमानः यी तिन प्रदेशमा चट्याङसहित हल्का वर्षाको सम्भावना
चैत ३ गते मंगलबार को राशिफल, कस्ताे रहला तपाइकाे आजकाे दिन ?
रवि र बालेन किन गएनन् अभिमुखीकरण उद्घाटनमा ?
सुनचाँदीको मूल्य बढ्यो, आज कतिमा हुँदैछ कारोबार ?
इरानकाे आक्रमण विरुद्ध खाडी मुलुकहरूको समर्थन गर्ने युक्रेनको घोषणा
प्रतिक्रिया