एमसीसीविरुद्धमा माघ २६ गते वृहत्त प्रदर्शनको तयारी
नौ सदस्यीय कार्यदलको गठन, देशैभर संयुक्त प्रदर्शन गर्न निर्देशन

काठमाडौं । नेकपा क्रान्तिकारी माओवादीसहितका २२ दलीय मोर्चाले माघ २६ गते काठमाडौंमा वृहत्त प्रदर्शनको तयारी गरेका छन् ।
पटक पटक स्थगित हुँदै आएको संघीय संसदको बैठक माघ २६ गते आह्वान गरिएकाले मोर्चाले राजधानीमा वृहत्त प्रदर्शनको तयारी गरेको हो ।
राजधानीमा शनिबार आयोजित २२ वटा राजनीति पार्टी, मोर्चा, अभियान र संगठनहरुको बैठकले माघ २६ गते काठमाडौंसहित देशैभर एमसीसीविरुद्ध प्रदर्शन गर्ने निर्णय गरेको हो ।
नेकपा मालेका महासचिव सीपी मैनालीको अध्यक्षतामा भएको बैठकले वृहत्त प्रदर्शनका लागि तयारी गर्न जिम्मेवारी बाँडफाँडसमेत गरेको छ ।
प्रधानमन्त्री शेरबहादुर देउवाले एमसीसी सत्ता गठबन्धनलाई दबाब दिएको र प्रमुख प्रतिपक्षी दलले समेत एमसीसी पास गर्नुपर्ने पक्षमा देखिएकाले एमसीसी विरोधी शक्तिहरुसँग छलफलका लागि बैठकले मालेका महासचिव मैनालीको नेतृत्वमा कार्यदलसमेत गठन गरेको छ ।
कार्यदलले एमसीसी सम्झौताको विरोध गर्ने अन्य संगठन र ब्यक्तिहरुलाई समेत माघ २६ गतेको विरोध प्रदर्शन र जनसभामा सहभागी गराउने गृहकार्य समेत गर्ने जनाइएको छ ।
सहभागी दलहरुको सक्रिय सहयोगमा उक्त कार्यक्रमहरुको ब्यवस्थापन सम्बन्धी कार्यहरु पनि गर्ने वैठकपछि २२ दलीय मोर्चाको तर्फबाट मैनालीले जारी गरेको विज्ञप्तिमा जनाइएको छ ।
मोर्चाले एमसीसीविरुद्धमा हुन लागेको वृहत्त प्रदर्शनबारेमा माघ २४ गते पत्रकार सम्मेलन गरी थप जानकारी दिने जनाएको छ ।
२२ दलीय मोर्चामा मोहन वैद्य नेतृत्वको नेकपा –क्रान्तिकारी माओवादी), नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी, सीपी मैनाली नेतृत्वको नेकपा (माले), नेपालका लागि नेपाली पार्टी, नेकपा (संयुक्त), त्रिमूल नेपाल पार्टी, जनसमाजवादी पार्टी नेपाल, नेपाल सर्वहारा कम्युनिष्ट पार्टी (माओवादी), नेकपा (मालेमा केन्द्र), उन्नत लोकतान्त्रिक पार्टी, देशभक्त जनगणतान्त्रिक मोर्चा, राष्ट्रिय जागरण मञ्च, राष्ट्रिय जनमोर्चा केन्द्रीय संयोजन समिति, संयुक्त राष्ट्रिय जनआन्दोलन मोर्चा, एम.सी.सी.विरोधी अभियान, पुष्पलाल अध्ययन समाज, राष्ट्रिय मुक्ति आन्दोलन नेपाल, एम.सी.सी.खारेज अभियान, जन समाजवादी मंच, नेपाल लगायत छन् ।
















पोखरामा पाँच लाख पुरस्कार राशिको महिला गोल्डकप सुरु, पुलिस फाइनलमा
बनेपामा आजदेखि हजारौँ वर्ष पुरानो ऐतिहासिक चण्डेश्वरी भगवती जात्रा सुरु
सशस्त्र प्रहरी महानिरीक्षक अर्यालको फौजी परम्पराअनुसार बिदाइ
पहिरोले डोजर पुर्दा चालकको मृत्यु
लागुऔषधसहित देशका विभिन्न स्थानबाट ३४ जना पक्राउ
आज विदेशी मुद्राको विनिमयदर : डलरको भाउ बढ्यो
प्रधानमन्त्री रहमान द्वारा ढाकालाई स्वच्छ सहर बनाउने लक्ष्यसहित १२ बुँदे योजना सार्वजनिक
पठाइएका कर्मचारीलाई हाजिर गराउन र सरुवा भएकालाई रमाना दिन सामान्यको निर्देशन
हर्क साम्पाङले मागे प्रधानमन्त्रीको राजीनामा
वीरगञ्ज हुँदै भित्रियो २६ अर्ब १३ करोडको सवारीसाधन र पार्टपुर्जा
प्रतिक्रिया