सोमबारदेखि फाइजर खोपको दोस्रो मात्रा दिइने

काठमाडौं । काठमाडौँ महानगरपालिकाले माघ २४ सोमवारदेखि आगामी फागुन ५ गतेसम्म कोरोना विरुद्ध फाइजर खोपको दोस्रो मात्रा लगाउने कार्यक्रम सञ्चालन गर्ने जनाएको छ ।
जिल्ला खोप समन्वय समिति काठमाडौँको यही माघ २० को निर्णयअनुसार कामपाले फाइजरको दोस्रो मात्रा खोप लगाउने सूचना सार्वजनिक गरेको हो । तोकिएको मितिमा शनिबारबाहेक अन्य सबै दिन बिहान १० बजेदेखि ४ः०० बजेसम्म खोप कार्यक्रम सञ्चालन हुने कामपा स्वास्थ्य विभाग प्रमुख बलराम त्रिपाठीले जारी गरेको सूचनामा उल्लेख छ ।
खोप लगाउनका लागि कामपा ३२ वटै वडाको खोप समन्वय समितिको निर्णयअनुसार विद्यालयमा खोप केन्द्र तोकी कार्यक्रम सञ्चालन गर्नुपर्नेछ । सूचनाअनुसार खोप लगाउन लक्षित समूहमा १२ देखि १७ वर्ष उमेर समूहका पहिलो खोप लगाइ २१ दिन पूरा भएका बालबालिकाले पहिलो मात्रा खोप लगाएको खोप कार्डको साथमा नजिकको खोप केन्द्रमा जानुपर्ने छ ।
खोप कार्यक्रम सञ्चालन गर्दा स्वास्थ्य मापदण्डको पूर्ण पालना गर्न पनि कामपाले आग्रह गरेको छ । कोरोनाको तेस्रो लहर चलिरहँदा सरकारले खोप कार्यक्रमलाई प्रभावकारी रूपमा अगाडि बढाइरहेको छ ।
माघको दोस्रो साता उच्च विन्दुमा पुगेको महामारीको तेस्रो लहर क्रमिक रुपमा घटिरहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
















सरकारले गुणस्तरीय शिक्षामा जोड दिइरहेको छ: मुख्यमन्त्री शाह
रुकुम पश्चिमको जलजला दुर्घटनामा ज्यान गुमाएका एकै घरका ६ जनाको सामूहिक दाहसंस्कार
यी हुन् मन्त्रिपरिषद् बैठकका निर्णय
होर्मुज जलडमरूमध्यमा अवरोधबीच ‘ओपेक प्लस’ देशहरूले उत्पादन बढाउने निर्णय
सुकुमवासीलाई चैत मसान्तभित्र व्यवस्थित बासस्थान उपलब्ध गराउन सरकारलाई रास्वपाको आग्रह
राष्ट्रपतिद्वारा सम्पत्ति शुद्धीकरण अध्यादेश जारी
सशस्त्र प्रहरी महानिरीक्षक अर्यालको फौजी परम्पराअनुसार बिदाइ
सिरहा बम विस्फोट घटनाका अभियुक्त यादव पुर्पक्षका लागि कारागार चलान
पोखरामा पाँच लाख पुरस्कार राशिको महिला गोल्डकप सुरु, पुलिस फाइनलमा
प्रतिक्रिया