सोमबार, पुष १४, २०८२

हिउँले अवरुद्ध त्रिभुवन राजपथ सञ्चालनमा

मेरोन्यूज २०७८ माघ २३ गते १२:३५

काठमाडौँ । लगातारको हिमपातले दुई दिनदेखि अवरुद्ध त्रिभुवन राजपथ आज बिहानदेखि सञ्चालनमा आएको छ । थाहा नगरपालिकाको दामन, सिम्भञ्ज्याङ तथा अघोर क्षेत्रमा सडक ढाक्ने गरी डेड फिटसम्म हिउँ परेपछि शुक्रबार र शनिबार राजमार्ग अवरुद्ध भएको हो ।

जेसिबी प्रयोग गरी सडकमा जमेको हिउँ हटाई सञ्चालनमा ल्याएको इलाका प्रहरी कार्यालय पालुङले जनाएको छ । सडक सञ्चालन भएसँगै काठमाडौँ–हेटौँडा दुवै तर्फको सवारी सञ्चालनमा आएका छन् ।

प्रतिक्रिया