बालुवाटारमा देउवा, प्रचण्ड र ओलीबीच वार्ता हुँदै

काठमाडौँ । प्रधानमन्त्री निवास बालुवाटारमा सत्तारुढ दल र प्रमुख प्रतिपक्षी दलका शीर्ष नेताहरूबीच भेट वार्ता हुने भएको छ । स्रोतका अनुसार आइतबार दिउँसो ४ बजे शीर्ष नेताहरूबीच भेट वार्ता हुने भएको हो ।
भेटमा प्रधानमन्त्रीसमेत रहेका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, सत्ता गठबन्धन दल नेकपा माअोवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा अोली सहभागी हुने भएका छन् । अमेरिकन परियोजना मिलिनियम च्यालेञ्ज कर्पोरेशन (एमसीसी)बारे चर्को बहस हुँदै गर्दा लामो समयपछि तीन नेताबीच भेटवार्ता हुन लागेको हो ।
यसअघि प्रधानमन्त्री देउवा स्वयम् एमसीसी पारित गर्नेबारे छलफल गर्न ओली निवास बालकोट पुगेका थिए । उक्त भेटमा अोलीले देउवालाई सभामुख अग्निप्रसाद सापकोटालाई हटाए एमसीसी पारित गर्न सहयोग गर्ने बताएका थिए ।
पछिल्लो समय एमसीसीबारे बहस हुँदै गर्दा प्रधानमन्त्री देउवा र प्रचण्ड आफैले एमसीसीको मुख्यालयलाई लेखेको पत्र बाहिरिएको छ । पत्रमा सत्ता गठबन्धनका शीर्ष नेताहरू देउवा र प्रचण्डले आगामी फागुन १६ गतेसम्म एमसीसी संसदबाट पारित गर्ने प्रतिबद्धता जनाएका छन् ।
तर, सभामुखले लामो समयसम्म आफ्नो माग पूरा नगरेको भन्दै संसद अवरुद्ध गरेको एमालेका अध्यक्ष अोली छलफलका लागि बालुवाटार जानुलाई अर्थपूर्ण रुपमा हेरिएको छ ।
















मन्त्रिपरिषद्को बैठक बस्दै, मन्त्रालय मर्ज र खारेजसम्बन्धी खाका पेस गर्ने तयारी
भैँसीगोठमा पूर्णबहादुरका ५७ वर्ष
बनेपामा ऐतिहासिक चण्डेश्वरी भगवती जात्रा सम्पन्न
यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर
सुकुमवासीलाई चैत मसान्तभित्र व्यवस्थित बासस्थान उपलब्ध गराउन सरकारलाई रास्वपाको आग्रह
राष्ट्रपतिद्वारा सम्पत्ति शुद्धीकरण अध्यादेश जारी
सुनचाँदीको मूल्य वृद्धि, आजको कारोबारको मूल्य कति ?
सशस्त्र प्रहरी महानिरीक्षक अर्यालको फौजी परम्पराअनुसार बिदाइ
सिरहा बम विस्फोट घटनाका अभियुक्त यादव पुर्पक्षका लागि कारागार चलान
प्रतिक्रिया