नेपाल टेलिकमले गर्यो भोल्टी सेवाको व्यावसायिक शुरुवात
वार्षिकोत्सवको अवसरमा ‘एनटी एन्निभर्सरी अफर’ उपलब्ध

काठमाडौं । नेपाल टेलिकमले देशैभर फोरजी मोबाइलमा चलाउन मिल्नेगरी आकर्षक विशेषतासहितको भोल्टी सेवाको व्यावसायिक शुरुवात गरेको छ ।
टेलिकमको १८ औं वार्षिक उत्सवका अवसरमा भोल्टी सेवाको सुरुवात गरेको नेपाल टेलिकमकी निमित्त प्रबन्ध निर्देशक प्रतिभा वैद्यले जानकारी दिइन् ।
टेलिकमले वार्षिकोत्सवको अवसरमा ‘एनटी एन्निभर्सरी अफर’ पनि उपलब्ध गराइएको वैद्यले जानकारी दिइन् । टेलिकमको वार्षिक उत्सव अफर अन्तर्गत २ सय ९४ रुपैयाँमा २० जीबी डाटा १० दिनसम्म चलाउन सकिने भएको छ ।
यस्तै, रु. ९८ मा ६ जीबी डाटा ३ दिनसम्म तथा ६९ रुपैयाँमा हरेक दिन एक एमबिपिएस डाटा प्रयोग गर्न सकिने नेपाल टेलिकमले जनाएको छ । यो अफर माघ १७ गतेदेखि फागुन ३ गते रहने जनाएको छ ।
वार्षिकोत्सवको दिन माघ २२ गते शनिवार २४ घण्टाका लागि कम्पनीको नेटवर्क भित्र भिओएलटीई कल निःशुल्क गरिएको थियो ।
साथै टेलिकमले वार्षिकोत्सवकै अवसरमा कम्पनीका विभिन्न सेवाहरु कुल १४ वटा अनाथालय र वृद्धाश्रममा सहयोगस्वरुप निःशुल्क उपलब्ध गराउने, सातै प्रदेशका कम्तिमा एक÷एकवटा सरकारी र सामुदायिक विद्यालयहरुमा खेलकुद सामग्री र निःशुल्क डाटा सेवा उपलब्ध गराउने, सदर चिडियाखाना जावलाखेलमा रहेका बाघ लगायतका जनावर र चराचुरुंगीहरुका लागि एक वर्षसम्म आहाराको प्रायोजन गरिने वैद्यले जानकारी दिइन् ।
सोही कार्यक्रममा कम्पनीका सबैभन्दा बढी रिचार्ज कार्ड बिक्री गर्ने सातै प्रदेशका बिक्रेताहरु र एमपोस बिक्रेता, कम्पनीका विभिन्न सेवाको सबैभन्दा बढी राजश्व बुझाउने सेवाग्राहीहरुलाई सम्मान गरिएको थियो ।
यस्तै, टेलिकमले कम्पनीमा २० वर्ष सेवा अवधि पूरा गरेका कर्मचारीहरुलाई दीर्घ सेवा पदक तथा प्रमाणपत्र प्रदान गर्ने घोषणा गरेको थियो ।

















सुनचाँदीकोे मूल्य निरन्तर ओरालोतिर, आज कतिमा काराेबार हुँदैछ ?
काठमाडौँका बीस हजार विद्यार्थीको आँखा जाँच गरिंदै
मृत्युको हल्ला चलेपछि बेन्जामिन नेतन्याहुले भने -‘म जिउँदै छु’
आज विश्व मुख स्वास्थ्य दिवसः मुख र दाँतको स्वास्थ्यमा ध्यान दिन चिकित्सकहरूको सुझाव
जेनजी आन्दोलनका घाइतेको यही चैत २० गते अन्तिम वर्गीकरण गरिने
रवि र बालेन किन गएनन् अभिमुखीकरण उद्घाटनमा ?
ग्यास पूर्वाधारमा इजरायलले आक्रमण गरेपछि इरानकाे पक्षमा उत्रियाे कतार
खोटाङमा एयर डाइनेस्टीको हेलिकप्टर दुर्घटना
इरानकाे आक्रमण विरुद्ध खाडी मुलुकहरूको समर्थन गर्ने युक्रेनको घोषणा
रविको मुद्दा फिर्ताविरुद्धको रिट फेरि ‘हेर्दाहेर्दै’ मा, अर्काे सुनुवाइ पर्सि
प्रतिक्रिया