राप्तीमा २० गोही छाडियो

चितवन । चितवन राष्ट्रिय निकुञ्ज हुँदै बग्ने राप्ती नदीको खैरहनीस्थित जनकपुरघाटमा आइतबरा २० वटा गोही छाडिएको छ । १९ वटा पोथी र एउटा भाले गोही छाडिएको हो ।
चितवन राष्ट्रिय निकुञ्जको कसरास्थित गोही प्रजनन केन्द्रमा हुर्काइएका गोही आज छाडिएको हो । प्रजनन केन्द्र हेर्दै आउनुभएका निकुञ्जका सहायक संरक्षण अधिकृत सरोजमणि पौडेलका अनुसार संरक्षणमा लागेका विभिन्न सङ्घसंस्थाका व्यक्तिहरुको उपस्थितिमा घडियाल गोही छाडिएको हो । कसरामा नै हुर्काइएका २० वटा गोहीलाई यही माघ १९ गते कोसी नदीको पथरीमा लगेर छाडिएको थियो ।
तीन भाले र १७ वटा पोथीलाई छाडिएको हो । कसराबाट १८ गते लगिएका गोही १९ गते छाडिएको हो । यसै वर्ष राप्तीमा कसराबाट १२ वटा गोही छाडिएको थियो ।
केही दिनमा नवलपरासीको दिव्यपुरीस्थित नारायणी नदीमा २० देखि २५ गोही छोड्ने कार्यक्रम रहेको छ ।
यस वर्ष एक सय हाराहारी गोही छाडिने उनले जानकारी दिए । हालसम्म विभिन्न नदीमा एक हजार ६३७ गोही छाडी सकिएको छ । यस वर्ष राप्ती र नारायणीका सातवटा गुँडबाट सङ्कलन गरिएका गोहीका अण्डाबाट २५८ वटा बच्चा कोरलिएका छन् ।
केन्द्रमा हुर्किएकामध्ये सबैभन्दा धेरै गोही निकुञ्ज हुँदै बग्ने राप्ती नदीमा छोडिएको निकुञ्जका प्रमुख संरक्षण अधिकृत हरिभद्र आचार्यले जानकारी दिए ।
आचार्यका अनुसार हालसम्म राप्तीमा ८६७, नारायणीमा ३९९, बबईमा ११०, सप्तकोसीमा ११५, कर्णालीमा ४१ र कालीगण्डकीमा ३५ वटा गोही छोडिएका छन् ।
हाल निकुञ्जको घडियाल संरक्षण तथा प्रजनन केन्द्रमा ४५० वटा गोही रहेका छन् । प्रजनन केन्द्रमा एउटा मात्रै वयस्क भाले घडियाल गोही रहेको छ । केन्द्रमा १३ वटा वयस्क घडियाल रहेका प्रमुख संरक्षण अधिकृत आचार्यले जानकारी दिए ।
















लागुऔषधसहित विभिन्न स्थानबाट छब्बिस जना पक्राउ
नेपाल राष्ट्र बैंकले शुक्रबार का लागि निर्धारण गरेको विदेशी मुद्राको विनिमयदर
चैत ६ गते शुक्रबार, कस्तो रहला तपाईँको दिन ? हेर्नुहोस् आजकाे राशिफल
रवि र बालेन किन गएनन् अभिमुखीकरण उद्घाटनमा ?
सुनचाँदीको मूल्य बढ्यो, आज कतिमा हुँदैछ कारोबार ?
ग्यास पूर्वाधारमा इजरायलले आक्रमण गरेपछि इरानकाे पक्षमा उत्रियाे कतार
इरानकाे आक्रमण विरुद्ध खाडी मुलुकहरूको समर्थन गर्ने युक्रेनको घोषणा
खोटाङमा एयर डाइनेस्टीको हेलिकप्टर दुर्घटना
प्रतिक्रिया