अवरुद्ध विद्युत् र सञ्चार सेवा सुरु
मेरोन्यूज
२०७८ माघ २४ गते ८:१७
काठमाडौँ । गत बिहीबार र शुक्रबार परेको हिमपातका कारण अवरुद्ध म्याग्दीको धौलागिरि गाउँपालिका १ गुर्जाको विद्युत् र सञ्चार सेवा सुरु भएको छ । स्थानीयबासीको सहयोगमा विद्युत् र सञ्चारका उपकरणको मर्मतपछि सेवा सञ्चालन भएका धवलागिरि १ गुर्जाका वडाध्यक्ष झक छन्त्यालले जानकारी दिए ।
उनका अनुसार यही माघ २० गते बिहानदेखि गुर्जामा हिउँले ती उपकरणमा क्षति पुर्याएपछि सेवा अबरुद्ध भएको थियो । विद्युत् सेवा सुरुसँगै मोबाइल र इन्टरनेट सेवासमेत सञ्चालनमा आएको छ ।
गुर्जा क्षेत्रमा अझै तीन फिटभन्दा बढी हिउँ जमेको उनले जानकारी दिए । यसैगरी हिमपातका कारण अवरुद्ध भएको लुलाङदेखि गुर्जा जाने पदमार्ग खुलाउने प्रयास भइरहेको उनले बताए ।
सम्बन्धित













प्रधानमन्त्री कप पुरुष क्रिकेट छनोट प्रतियोगिता सुरु
निर्वाचनको तयारीबारे गृहमन्त्री र आयोग पदाधिकारीबीच छलफल
आन्तरिक सुरक्षा : स्थिरता, विश्वास र राष्ट्र सन्तुलनको आधार
सहमतिमै नयाँ नेतृत्व चयन गर्न कमलपोखरीमा छलफल हुँदै, गगन पनि पुगे
गगन नेतृत्वको कांग्रेसले राष्ट्रिय सभा चुनावमा एमालेसँगको तालमेल नतोड्ने
नेपाली कांग्रेसको सभापतिमा थापा निर्विरोध निर्वाचित
आज २०८२ साल माघ १ गते बिहीवारको राशिफल
राष्ट्रिय लिग फुटबल : जावलाखेलमाथि लालीगुराँसको जित
प्रतिक्रिया