अवरुद्ध विद्युत् र सञ्चार सेवा सुरु
मेरोन्यूज
२०७८ माघ २४ गते ८:१७
काठमाडौँ । गत बिहीबार र शुक्रबार परेको हिमपातका कारण अवरुद्ध म्याग्दीको धौलागिरि गाउँपालिका १ गुर्जाको विद्युत् र सञ्चार सेवा सुरु भएको छ । स्थानीयबासीको सहयोगमा विद्युत् र सञ्चारका उपकरणको मर्मतपछि सेवा सञ्चालन भएका धवलागिरि १ गुर्जाका वडाध्यक्ष झक छन्त्यालले जानकारी दिए ।
उनका अनुसार यही माघ २० गते बिहानदेखि गुर्जामा हिउँले ती उपकरणमा क्षति पुर्याएपछि सेवा अबरुद्ध भएको थियो । विद्युत् सेवा सुरुसँगै मोबाइल र इन्टरनेट सेवासमेत सञ्चालनमा आएको छ ।
गुर्जा क्षेत्रमा अझै तीन फिटभन्दा बढी हिउँ जमेको उनले जानकारी दिए । यसैगरी हिमपातका कारण अवरुद्ध भएको लुलाङदेखि गुर्जा जाने पदमार्ग खुलाउने प्रयास भइरहेको उनले बताए ।
सम्बन्धित

















जेनजी आन्दोलनका घाइतेको यही चैत २० गते अन्तिम वर्गीकरण गरिने
आज विश्व हिमनदी दिवस
यस्तो छ आजका लागि कृषिउपजको मूल्य
लागुऔषधसहित विभिन्न स्थानबाट छब्बिस जना पक्राउ
रवि र बालेन किन गएनन् अभिमुखीकरण उद्घाटनमा ?
सुनचाँदीको मूल्य बढ्यो, आज कतिमा हुँदैछ कारोबार ?
ग्यास पूर्वाधारमा इजरायलले आक्रमण गरेपछि इरानकाे पक्षमा उत्रियाे कतार
इरानकाे आक्रमण विरुद्ध खाडी मुलुकहरूको समर्थन गर्ने युक्रेनको घोषणा
खोटाङमा एयर डाइनेस्टीको हेलिकप्टर दुर्घटना
प्रतिक्रिया