ज्यालादारीमा गरिएको नियुक्ति बदर
मेरोन्यूज
२०७८ माघ २४ गते १०:०९
कैलाली । कञ्चनपुरको बेलडाँडी गाउँपालिकाले तीन जना कर्मचारीहरूलाई दैनिक ज्यालादारीमा गरिएको नियुक्ति बदर गरेको छ ।
बेलडाँडी गाउँपालिकाको अघिल्लो महिना पुस ३० गतेको निर्णयबाट सुनिता रानालाई अहेव, निरज कठायतलाई चौकीदार र दीपेन्द्र बहादुर बिष्टलाई सुपरिवेक्षक पदमा दैनिक ज्यालादारीमा २०७९ असार मसान्तसम्म ६ महिनाको लागि नियुक्त गरिएको थियो ।
उनीहरूको नियुक्ति प्रक्रिया नियम सम्मत नरहेको भनी स्थानीय बासिन्दा र राजनीतिक दलबाट समेत विरोध भएकाले नियुक्ति बदर गरिएको आइतबार बेलडाँडी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत पदमराज जोशीद्वारा हस्ताक्षरित सूचनामा उल्लेख गरिएको छ ।

सम्बन्धित
















लागुऔषधसहित विभिन्न स्थानबाट छब्बिस जना पक्राउ
नेपाल राष्ट्र बैंकले शुक्रबार का लागि निर्धारण गरेको विदेशी मुद्राको विनिमयदर
चैत ६ गते शुक्रबार, कस्तो रहला तपाईँको दिन ? हेर्नुहोस् आजकाे राशिफल
रवि र बालेन किन गएनन् अभिमुखीकरण उद्घाटनमा ?
सुनचाँदीको मूल्य बढ्यो, आज कतिमा हुँदैछ कारोबार ?
ग्यास पूर्वाधारमा इजरायलले आक्रमण गरेपछि इरानकाे पक्षमा उत्रियाे कतार
इरानकाे आक्रमण विरुद्ध खाडी मुलुकहरूको समर्थन गर्ने युक्रेनको घोषणा
रास्वपाका सांसदहरुको अभिमुखीकरण आजदेखि
प्रतिक्रिया