शनिबार, माघ ३, २०८२

ट्रक दुर्घटनामा एक जनाको मृत्यु

मेरोन्यूज २०७८ माघ २४ गते ११:५४

संखुवासभा । जिल्लाको खाँदबारी नगरपालिका ९ तुम्लिङटारमा ट्रक दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा गोरखा नगरपालिका ४ का २२ वर्षीय ट्रक चालक मिलन मग्राती रहेको जिल्ला प्रहरी कार्यालय संखुवासभाका प्रहरी निरीक्षक शुभेष अधिकारीले जानकारी दिए ।

प्रहरी निरीक्षक अधिकारीका अनुसार सोमबार बिहान ७ बजे प्रदेश २–०३००१ ख ४३० नम्बरको ट्रक खाँदबारी ९ सभाखोला नजिकै भएको हो । तुम्लिङटारबाट वीरगञ्ज जाँदै गरेको ट्रक दुर्घटना हुँदा चालक मग्रातीको घटनास्थलमै मृत्यु भएको उनले बताए ।

ट्रक मकालु गाउँपालिका ५ को नुममा सिमेन्ट पु‍र्‍याएर सोमबार बिहान वीरगञ्ज फर्कँदै गर्दा सभाखोला नजिँकैको घुम्तीमा ब्रेक फेल भएर दुर्घटनामा परेको प्रहरी निरीक्षक अधिकारीले बताए । उनको शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल संखुवासभा ल्याउने तयारी भइरहेको छ ।

घटनाको थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय संखुवासभाले जनाएको छ ।

प्रतिक्रिया