पहिरोले पाइप बगाउँदा भट्टेडाँडामा खानीपानी हाहाकार

ललितपुर । कान्ति लोकपथमा गएको पहिरोले पाइप बगाएपछि भट्टेडाँडा र छपेलीमा खानेपानीको हाहाकार भएको छ ।
स्थानीय सानु महर्जनका अनुसार सल्भ नेपाल र स्थानीयको जनसहभागितामा २०७५ सालमा सम्पन्न खानेपानी आयोजनाको पाइप कान्ति लोकपथमा गएको पहिरोले बगाएको हो । पहिरोले पाइप बगाएपछि स्थानीयले छपेली धाराडोलबाट ल्याएको खानेपानी उपभोग गरिरहेका छन् ।
‘वर्षामा ठीकै पानी आउँछ । तर हिउँदमा धेरै समस्या छ,’ उनले भने । बागमती गाँउपालिकाको सदरमुकामसमेत रहेको भट्टेडाँडा र छपेली गाउँसम्मका बासिन्दा तिरतिरे धारोको भरमा बाँच्नु परेको उनको भनाइ छ ।
गत निर्वाचनअघि भट्टेडाँडामा जलुकेबाट लिफ्ट प्रविधिबाट खानेपानी वितरण गरिए पनि अहिले बन्द छ । निरन्तर लिफ्टिङ प्रविधि बिग्रने र विद्युतको महसुल नतिर्दा समस्या भएको हो ।
पछिल्लो समय आयोजनाको पाइप चोरी गर्ने बढेको स्थानीयहरूको गुनासो छ । बालुवा चाल्न चोरीका खानेपानीको पाइप प्रयोग भइरहेको स्थानीयको छ । उनले भने, ‘खानेपानीको पाइप गाउँले नै चोरेर लगेका छन् । अर्कोतर्फ खानेपानीको हाहाकार छ ।’
२०७५ सालमा साल्भ नेपालले ४७ लाखको लागतमा स्थानीय जनसहभागिता (जनश्रमदान) मा यो खानेपानी आयोजना पूरा गरेर हस्तान्तरण गरेको थियो ।
खानेपानी आयोजनाका अध्यक्ष रामशरण चौरेलले कान्ति लोकपथको पहिरोका कारण डेढ महिना मात्रै चालू गरिएको बताए । ६३ एमएमको पाइप राखेर बनाइएको यो खानेपानी आयोजना पूरा भएपछि स्थानीयले राम्रोसँग पानी उपभोग गर्न पाएको उनको भनाइ छ ।

















Gold, silver prices slide
रास्वपाले संसदीय दलको नेताका लागि निर्वाचन नगर्ने
चितवनमा हुरीका कारण केराखेतीमा क्षति
आगामी आर्थिक वर्ष का लागि आन्तरिक ऋणको सीमा निर्धारण
यातायात व्यवस्था कार्यालयद्वारा ४८ करोड राजस्व सङ्कलन
ग्यास पूर्वाधारमा इजरायलले आक्रमण गरेपछि इरानकाे पक्षमा उत्रियाे कतार
रवि र बालेन किन गएनन् अभिमुखीकरण उद्घाटनमा ?
इरानकाे आक्रमण विरुद्ध खाडी मुलुकहरूको समर्थन गर्ने युक्रेनको घोषणा
खोटाङमा एयर डाइनेस्टीको हेलिकप्टर दुर्घटना
रविको मुद्दा फिर्ताविरुद्धको रिट फेरि ‘हेर्दाहेर्दै’ मा, अर्काे सुनुवाइ पर्सि
प्रतिक्रिया