नेप्से परिसूचक १५.६९ अंकले वृद्धि

काठमाडौं । साताको पहिलो कारोबारको दिन आइतबार ४० अंक बढीले गिरावट आएको नेप्से परिसूचक सोमबार १५ अंक भन्दाबढीले वृद्धि भएको छ ।
सोमबार नेप्से परिसूचक १५.६९ अंकले बढेर २ हजार ८५१.८६ विन्दुमा पुगेको छ ।
त्यस्तै आज सेन्सेटिभ इण्डेक्स ३.०५ अंकले बढेर ५३५.३२ विन्दुमा पुगेको छ । फ्लोट इण्डेक्स ०.६७ अंक र सेन्सेटिभ इण्डेक्स ०.२३ अंकले बढेको छ ।
सोमबार कारोबारमा आएका २२४ कम्पनीको ९५ लाख १२ हजार ५८० कित्ता शेयर ५ अर्ब २ करोड २० लाख १७ हजार १८१ रुपैयाँ बराबरको शेयर खरिदबिक्री भएको छ ।
आइतबारको तुलनामा सोमबार कारोबार रकममा समेत गिरावट आएको छ । आइतबार ५ अर्ब ८३ करोड ६४ लाख १४ हजार रुपैयाँ बराबरको खरिदबिक्री भएको थियो ।
सोमबार १३ वटा उपसमूह मध्ये १० उपसमूहको परिसूचक बढेको छ भने ३ वटा उपसमूहको परिसूचकमा गिरावट आएको छ । जसमध्ये सबैभन्दा बढी लगानी उपसमूहको परिसूचक ३.०६ प्रतिशतले वृद्धि भएको छ ।
त्यस्तै, अन्य उपसमूहको परिसूचक २.४१ प्रतिशत, र्निजीवन बीमा कम्पनीको ०.५८ प्रतिशत, विकास बैंकको ०.५२, व्यापारको ०.४८, वित्त ०.३६, जलविद्युतको ०.२ प्रतिशतले बढेको छ ।
यता, बैंकिङ्ग उपसमूहको सबैभन्दा धेरै ०.२१ प्रतिशत, होटल तथा पर्यटन ०.१४ प्रतिशत र लघुवित्तको ०.०८ प्रतिशतले गिरावट आएको छ ।
आज करोबारमा सबैभन्दा धेरै नेपाल इन्फास्ट्रक्चर बैंकको शेयरमूल्य ८.४२ प्रतिशतले बढेको छ । यस्तै, छ्याङ्दी हाइड्रोपावरको ६.८३ प्रतिशत र सानिमा लाइफको शेयर मूल्य ५.०४ प्रतिशतले बढेको छ ।
नेशनल हाइड्रोपावर, बोट्लर्स नेपाल तराई कम्पनीको पनि शेयर मूल्य बढेको छ । तर यता बुद्धभूमी नेपाल हाइड्रोपावर, सर्पोट माइक्रोफाइनान्स, साहस उर्जा, विन नेपाल लघुवित्त, नेपाल लाइफ इन्स्योरेन्सलगायतको शेयरमूल्यमा गिरावट आएको छ ।
आज कारोबार रकमका आधारमा ४९ करोड ३४ लाख रुपैयाँ बराबरको शेयर कारोबार गरेर नेपाल इन्फास्टक्चर बैंक शीर्ष स्थानमा रहेको छ । नेशनल हाइड्रोपावर कम्पनीको २७ करोड ६६ लाख रुपैयाँ शेयर कारोबार भएको छ ।











वाग्द्वारको शुद्ध जलले पशुपतिनाथलाई स्नान गराउन सम्भाव्यता अध्ययन गरिँदै
राष्ट्रपतिद्वारा ‘क्रिसमस डे’को शुभकामना
कांग्रेस केन्द्रीय कार्यसम्पादन समिति बैठक आज पनि बस्दै
लिवियाली दुर्घटनाग्रस्त विमानको ब्ल्याक बक्स भेटियो
तनहुँमा ५९ हजार कुखुराको बिमा
किन फिर्ता बोलायो अमेरिकाले नेपालबाट राजदूतलाई ?
एमाले नेता ऐन महर धरौटीमा रिहा, श्रीमती पक्राउ
राष्ट्रपतिको पहलमा पहिलोपटक प्रधानमन्त्री कार्की, देउवा, ओली र प्रचण्डबीच छलफल हुँदै
महोत्तरी-४ बाट पनि प्रचण्डको नाम उम्मेदवार सिफारिस
रवि लामिछाने र बालेनबीच भेटवार्ता
प्रतिक्रिया