एमसीसी खारेजीको माग गर्दै धनगढीमा युवासंघको प्रदर्शन

कैलाली । कैलालीको धनगढीमा एमसीसी सम्झौता खारेजीको माग गर्दै युवा संघ नेपालले धनगढीमा प्रर्दशन गरेका छन् ।
अमेरिकन सहयोग मेलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) राष्ट्रघाती सम्झौता भएको भन्दै खारेजीको माग अघि सारेर धनगढीमा प्रर्दशन गरेका हुन् ।
नेकपा (एकीकृत समाजवादी)निकट युवा संघ नेपालले एमसीसी खारेजी र पेट्रोलियम पदार्थमा गरिएको मुल्यबृद्धि फिर्ताको माग गर्दै प्रदर्शन गरेको हो ।
चटकपुरस्थित प्रदेश पार्टी कार्यालयबाट पार्कमोडसम्म ¥याली निकाल्दै युवा संघले मुल्य वृद्धि फिता गरिनुपर्ने, एमसीसी सम्झौता खारेज गरिनुपर्ने भन्दै नारा लगाएका थिए ।
¥यालीपछि आयोजित कोणसभामा बोल्दै युवा संघ नेपालका केन्द्रीय सचिव तथा सुदूरपश्चीम इन्चार्ज दीपक बहादुर सिंहले एमसीसी सम्झौता फिर्ता नगरे आन्दोलन चर्काउने चेतावनी दिए ।
उनले राम्रो हो भन्दै जनताका आँखामा छारो हालेर महाकाली सन्धी गर्दा अहिले नेपाललाई ठुलो नोक्सानी भएको बताउँदै एमसीसी सम्झौताबाट पनि नेपाललाई भविश्यमा ठुलो क्षेति हुन सक्ने बताए ।
सिंहले महाँकाली सम्झौता गर्ने नेतानै अहिले एमसीसी सम्झौता कार्यान्वयन गराउन लागिपरेको आरोप लगाए ।
¥यालीमा युवा संघ नेपालका केन्द्रीय सचिवालय सदस्य तथा नेकपा एकीकृत समाजवादी पार्टी कैलाली जिल्ला कमिटी सदस्य ओमबिक्रम चन्द लगायतको सहभागिता रहेको थियो ।














महिला टी-२० विश्वकप ग्लोबल छनोट: नेपालले गुमायो ३ विकेट
एमालेले आज काठमाडौंमा जनप्रदर्शन गर्दै, केपी ओलीले सम्बोधन गर्ने
माघीमा विवाहको छिनाफानो गर्ने चलन हरायो
निसीखोलामा पुतली नाचको रौनक
गगन नेतृत्वको कांग्रेसले राष्ट्रिय सभा चुनावमा एमालेसँगको तालमेल नतोड्ने
राष्ट्रिय लिग फुटबल : जावलाखेलमाथि लालीगुराँसको जित
नेपाली क्रिकेट टोलीको बलिङ कन्सल्टेन्टमा इयान हार्भे
बुढासुब्बा गोल्डकप यही माघ २२ देखि
कांग्रेस देउवा पक्षले आधिकारिकता दाबी गर्दै आयोगमा बुझायो प्रमाण
प्रतिक्रिया