एमसीसी खारेजीको माग गर्दै धनगढीमा युवासंघको प्रदर्शन

कैलाली । कैलालीको धनगढीमा एमसीसी सम्झौता खारेजीको माग गर्दै युवा संघ नेपालले धनगढीमा प्रर्दशन गरेका छन् ।
अमेरिकन सहयोग मेलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) राष्ट्रघाती सम्झौता भएको भन्दै खारेजीको माग अघि सारेर धनगढीमा प्रर्दशन गरेका हुन् ।
नेकपा (एकीकृत समाजवादी)निकट युवा संघ नेपालले एमसीसी खारेजी र पेट्रोलियम पदार्थमा गरिएको मुल्यबृद्धि फिर्ताको माग गर्दै प्रदर्शन गरेको हो ।
चटकपुरस्थित प्रदेश पार्टी कार्यालयबाट पार्कमोडसम्म ¥याली निकाल्दै युवा संघले मुल्य वृद्धि फिता गरिनुपर्ने, एमसीसी सम्झौता खारेज गरिनुपर्ने भन्दै नारा लगाएका थिए ।
¥यालीपछि आयोजित कोणसभामा बोल्दै युवा संघ नेपालका केन्द्रीय सचिव तथा सुदूरपश्चीम इन्चार्ज दीपक बहादुर सिंहले एमसीसी सम्झौता फिर्ता नगरे आन्दोलन चर्काउने चेतावनी दिए ।
उनले राम्रो हो भन्दै जनताका आँखामा छारो हालेर महाकाली सन्धी गर्दा अहिले नेपाललाई ठुलो नोक्सानी भएको बताउँदै एमसीसी सम्झौताबाट पनि नेपाललाई भविश्यमा ठुलो क्षेति हुन सक्ने बताए ।
सिंहले महाँकाली सम्झौता गर्ने नेतानै अहिले एमसीसी सम्झौता कार्यान्वयन गराउन लागिपरेको आरोप लगाए ।
¥यालीमा युवा संघ नेपालका केन्द्रीय सचिवालय सदस्य तथा नेकपा एकीकृत समाजवादी पार्टी कैलाली जिल्ला कमिटी सदस्य ओमबिक्रम चन्द लगायतको सहभागिता रहेको थियो ।
















इजरायलका लागि जासुसी गरेको आरोपमा इरानद्वारा दुई जनालाई मृत्युदण्ड
धोबी खोला करिडोरका पक्की घर भत्काउन थालियो
पाकिस्तानमा महँगीको असर गहिरिँदै, अप्रिलमा मुद्रास्फीति उच्च
सडक सुरक्षा प्रणाली सुधार्ने सरकारको प्रतिबद्धता
प्रधानमन्त्री रहमान द्वारा ढाकालाई स्वच्छ सहर बनाउने लक्ष्यसहित १२ बुँदे योजना सार्वजनिक
ओमानसँग नेपाल १०२ रनले पराजित
आशिष निर्माण सेवाका सञ्चालक गौली पक्राउ
सर्पले टोकेको फलफूल-तरकारी विषालु हुन्छ ?
अतिक्रमित जग्गामा बनाइएका घरटहरा खाली गर्न आग्रह
प्रतिक्रिया