संरक्षकविहीन नागरिकलाई सिरक उपहार, साथी लौरो उपहारदेखि एकल पुरुष भत्ता

तेह्रथुम । जाडोका कारण संरक्षक विहीन नागरिकले कष्टकर जीवन बिताइरहनु परेको छ । विशेषगरी जाडो याममा ज्येष्ठ नागरिकलाई सकस हुने गरेको छ ।
आर्थिक रूपमा विपन्न परिवारका नागरिकलाई त झन् खानपानको जोहो गर्नै मुस्किल बन्दै गएको छ । यी र यस्तै समस्याले जीवन निर्वाह गर्दै आएकी छथर गाउँपालिका–२ आङदिमकी लक्की शेर्पालाई राहत मिलेको छ ।
छथर गाउँपालिकाले संरक्षक विहीन अवस्थामा रहेका ज्येष्ठ नागरिक, अति विपन्न, एकल पुरुष, महिला, असहाय नागरिकलाई राहत दिने उद्देश्यका साथ सिरक वितरण सुरु गरेको कार्यक्रमले सेर्पालाई राहत मिलेको हो ।
उनी भन्छिन्, ‘हिउँद सुरु भएपछि जाडोले काम गर्न मुस्किल छ । आफूले लगाउने लुगा जोहो गर्न पनि गाह्रो छ । हामी जस्ता नागरिकले सिरक पाउँदा न्यानो गरी निदाउन पाउने छौं ।’ लक्की जस्तै वाङछु शेर्पाले पनि सिरक पाइन् । उनलाई पनि जाडो राहत मिलेको बताइन् ।
गाउँपालिकाले हिमपातका कारण समस्या परेका संरक्षक विहीन, ज्येष्ठ नागरिक, एकल पुरुष, एकल महिला, आर्थिक विपन्न, असहाय तथा दीर्गरोगीलाई वितरण गर्ने गाउँपालिका अध्यक्ष सन्तवीर लिम्बुले बताए ।
उनका अनुसार गाउँपालिकाको सबै वडाका करिब ५ सय नागरिकलाई सिरक वितरण गर्ने तयारी भएको छ । केही समयअघि मात्रै घरैमा पुगेर ज्येष्ठ नागरिकलाई सम्मान गर्दै स्वास्थ्य उपचार कार्यक्रम सञ्चालन गरेको थियो ।
गाउँपालिका साथी लौरो उपहार, देखि एकल पुरुष भत्ता वितरण गर्दै आएको गाउँपालिकाले दन्त उपहारलगायतका कार्यक्रम गर्दै आएको प्रवक्ता राजन नेपालीले बताए ।
नागरिकको समस्यामा स्थानीय सरकार पनि छ भन्ने आभास होस् भन्ने उद्देश्यका विगतका वर्षदेखि नै यी र यस्ता कार्यक्रम सञ्चालन गर्दै आएको गाउँपालिकाले जनाएको छ ।














सुदूरपश्चिममा नेकपाका अधिकांश उम्मेदवारको टुङ्गो
भेनेजुएलाका उद्योगमन्त्री साबलाई पदबाट बर्खास्त
११ एसएसपीकाे सरूवा, काे कहाँ (सूचीसहित)
प्रधानमन्त्री कप पुरुष क्रिकेट छनोट प्रतियोगिता सुरु
गगन नेतृत्वको कांग्रेसले राष्ट्रिय सभा चुनावमा एमालेसँगको तालमेल नतोड्ने
नेपाली क्रिकेट टोलीको बलिङ कन्सल्टेन्टमा इयान हार्भे
राष्ट्रिय लिग फुटबल : जावलाखेलमाथि लालीगुराँसको जित
बुढासुब्बा गोल्डकप यही माघ २२ देखि
नेपाली कांग्रेसको सभापतिमा थापा निर्विरोध निर्वाचित
प्रतिक्रिया