संरक्षकविहीन नागरिकलाई सिरक उपहार, साथी लौरो उपहारदेखि एकल पुरुष भत्ता

तेह्रथुम । जाडोका कारण संरक्षक विहीन नागरिकले कष्टकर जीवन बिताइरहनु परेको छ । विशेषगरी जाडो याममा ज्येष्ठ नागरिकलाई सकस हुने गरेको छ ।
आर्थिक रूपमा विपन्न परिवारका नागरिकलाई त झन् खानपानको जोहो गर्नै मुस्किल बन्दै गएको छ । यी र यस्तै समस्याले जीवन निर्वाह गर्दै आएकी छथर गाउँपालिका–२ आङदिमकी लक्की शेर्पालाई राहत मिलेको छ ।
छथर गाउँपालिकाले संरक्षक विहीन अवस्थामा रहेका ज्येष्ठ नागरिक, अति विपन्न, एकल पुरुष, महिला, असहाय नागरिकलाई राहत दिने उद्देश्यका साथ सिरक वितरण सुरु गरेको कार्यक्रमले सेर्पालाई राहत मिलेको हो ।
उनी भन्छिन्, ‘हिउँद सुरु भएपछि जाडोले काम गर्न मुस्किल छ । आफूले लगाउने लुगा जोहो गर्न पनि गाह्रो छ । हामी जस्ता नागरिकले सिरक पाउँदा न्यानो गरी निदाउन पाउने छौं ।’ लक्की जस्तै वाङछु शेर्पाले पनि सिरक पाइन् । उनलाई पनि जाडो राहत मिलेको बताइन् ।
गाउँपालिकाले हिमपातका कारण समस्या परेका संरक्षक विहीन, ज्येष्ठ नागरिक, एकल पुरुष, एकल महिला, आर्थिक विपन्न, असहाय तथा दीर्गरोगीलाई वितरण गर्ने गाउँपालिका अध्यक्ष सन्तवीर लिम्बुले बताए ।
उनका अनुसार गाउँपालिकाको सबै वडाका करिब ५ सय नागरिकलाई सिरक वितरण गर्ने तयारी भएको छ । केही समयअघि मात्रै घरैमा पुगेर ज्येष्ठ नागरिकलाई सम्मान गर्दै स्वास्थ्य उपचार कार्यक्रम सञ्चालन गरेको थियो ।
गाउँपालिका साथी लौरो उपहार, देखि एकल पुरुष भत्ता वितरण गर्दै आएको गाउँपालिकाले दन्त उपहारलगायतका कार्यक्रम गर्दै आएको प्रवक्ता राजन नेपालीले बताए ।
नागरिकको समस्यामा स्थानीय सरकार पनि छ भन्ने आभास होस् भन्ने उद्देश्यका विगतका वर्षदेखि नै यी र यस्ता कार्यक्रम सञ्चालन गर्दै आएको गाउँपालिकाले जनाएको छ ।

















आगामी आर्थिक वर्ष का लागि आन्तरिक ऋणको सीमा निर्धारण
यातायात व्यवस्था कार्यालयद्वारा ४८ करोड राजस्व सङ्कलन
कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक बस्दै
झापामा ८ महिनामा ७ सय १७ घरेलु तथा साना उद्योग थपिए
नुुवाकोटमा सिकारीले हानेको गोली लाग्दा एक महिला गम्भीर घाइते
ग्यास पूर्वाधारमा इजरायलले आक्रमण गरेपछि इरानकाे पक्षमा उत्रियाे कतार
रवि र बालेन किन गएनन् अभिमुखीकरण उद्घाटनमा ?
इरानकाे आक्रमण विरुद्ध खाडी मुलुकहरूको समर्थन गर्ने युक्रेनको घोषणा
खोटाङमा एयर डाइनेस्टीको हेलिकप्टर दुर्घटना
रविको मुद्दा फिर्ताविरुद्धको रिट फेरि ‘हेर्दाहेर्दै’ मा, अर्काे सुनुवाइ पर्सि
प्रतिक्रिया