भारतमा दैनिक संक्रमितको संख्या घट्दो क्रममा

काठमाडौँ । भारतमा कोरोना भाइरसबाट दैनिक संक्रमितको संख्या घट्न थालेको छ । संघीय स्वास्थ्य मन्त्रालयले मंगलबार बिहान सार्वजनिक गरेको विवरणअनुसार पछिल्लो २४ घण्टामा भारतमा ६७ हजार ५९७ जना संक्रमित भएका छन् । यसैसँगै भारतमा कोरोनाका कुल संक्रमितको संख्या चार करोड २३ लाख ३९ हजार ६११ पुगेको छ ।
महामारीको तेस्रो चरण सुरु भएपछिको पछिल्लो एक महिनापछि दैनिक संक्रमितको संख्या एक लाखभन्दा कम भएको सोमबार दोस्रो दिन हो । कोरोना भाइरसको नयाँ भेरियन्टको रुपमा देखिएको ओमिक्रोन फैलिन थालेपछि संक्रमितहरुको संख्या एकाएक बढेको थियो ।
पछिल्लो एक दिनमा भारतमा कोरोनाकै कारणले मात्रै एक हजार १८८ जनाको मृत्यु भएको छ । यसैसँगै कोरोना शुरु भएयता हालसम्म पाँच लाख ४ हजार ६२ जनाको मृत्यु भएको पनि समाचारमा जनाइएको छ ।
सोही अवधिमा कोरोना भाइरसबाट संक्रमणमुक्त भएकाहरुको संख्या भने एक लाख ८० हजार ४५६ रहेको छ । यसैसँगै हालसम्म कोरोना भाइरसबाट चार करोड ८४ हजार ६५८ जना निको भएका छन् ।
एउटै अवधिमा नयाँ संक्रमितको संख्याभन्दा संक्रमणमुक्त भएकाहरुको संख्या दोब्बरभन्दा बढी रहेको छ । त्यसैले सक्रिय संक्रमितहरुको संख्या पनि घट्दै गएको छ । भारतमा अहिले संक्रमित अवस्थामै रहेकाहरुको कूल संख्या ९ लाख ९४ हजार ८९१ रहेको मन्त्रालयले जनाएको छ ।

















रास्वपाले संसदीय दलको नेताका लागि निर्वाचन नगर्ने
चितवनमा हुरीका कारण केराखेतीमा क्षति
आगामी आर्थिक वर्ष का लागि आन्तरिक ऋणको सीमा निर्धारण
यातायात व्यवस्था कार्यालयद्वारा ४८ करोड राजस्व सङ्कलन
कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक बस्दै
ग्यास पूर्वाधारमा इजरायलले आक्रमण गरेपछि इरानकाे पक्षमा उत्रियाे कतार
रवि र बालेन किन गएनन् अभिमुखीकरण उद्घाटनमा ?
खोटाङमा एयर डाइनेस्टीको हेलिकप्टर दुर्घटना
इरानकाे आक्रमण विरुद्ध खाडी मुलुकहरूको समर्थन गर्ने युक्रेनको घोषणा
रविको मुद्दा फिर्ताविरुद्धको रिट फेरि ‘हेर्दाहेर्दै’ मा, अर्काे सुनुवाइ पर्सि
प्रतिक्रिया