मंगलबार, पुष १५, २०८२

पूर्वपञ्चको पार्टीमा छैंटौं फुट

कमल थापाले राजेन्द्र लिङदेनसँग राजनीतिक डिभोर्स गरेसँगै राप्रपामा छैटौं विभाजन भएको छ

मेरोन्यूज २०७८ माघ २५ गते १५:३१

पूर्वपञ्चको बाहुल्य रहेको राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)मा फेरि अर्काे फुट देखा परेको छ । मंसिरको अन्तिम साता भएको राप्रपाकाके पार्टी महाधिवेशनमा अध्यक्षमा पराजित कमल थापाले पार्टीभित्र देखा पर्न थालेको सैद्धान्तिक विचलन र गलत प्रवृत्तिलाई सुधार गरेर बाँकी क्रियाशील राजनीतिक जीवन पार्टीभित्रै बिताउने चाहना भए पनि सुनुवाइ नभएकाले आफूले राप्रपा छाडेको घोषणा मंगलबार गरेपछि राप्रपाले फेरि अर्काे औपचारिक फुट ब्यहोरेको छ ।

राप्रपाको पार्टी इतिहासमा यो छैंटौं फुट हो ।


१६ वर्षसम्म पार्टी अध्यक्ष रहेका थापाले अध्यक्ष पद गुमाएसँगै उनले आफनो पराजयमा पूर्व राजा ज्ञानेन्द्रको भूमिका रहेको र तयो विषयमा छानविनको माग गदै आएका थिए । त्यस विषयमा उनले अध्यक्ष राजेन्द्र लिङदेनलाई दुई पटक पत्राचार पनि गरे । लामो संवादहिनता तोडदै उनले केही दिन अगाडी मात्रै आफ्नै निवासमा आएका राजेन्द्र लिङदेनसँग सम्वाद पनि गरे ।


कमल थापाको निर्णयपछि लिङदेनले भने थापालाई निर्णय सच्याउन र थापाको निर्णयबाट विचलित नहुन पार्टीका कार्यकर्ता र शुभेच्छुकहरुलाई आग्रह गरेका छन् । लिङदेन नेतृत्वमा थापा निकटका कतिपय पदाधिकारी निर्वाचित छन् । उपाध्यक्ष धुव्रवहादुर प्रधान देखि महामन्त्री कुन्ती शाहीसम्म थापा समुहवाट महाधिवेशनमा निर्वाचित भएका थिए । सोमबार मात्रै थापाले बोलाएको भेलामा पनि उनीहरु पुगेका थिए । उनीहरुले पार्टी छोडन सक्ने त्रास यतिवेला लिङदेनलाई परेको छ । सोहीकारण पनि उनले थापाको निर्णयमा विचलित नहुन अनुरोध गरिरहेका छन् ।


थापाले पार्टी छोडेको घोषणा गर्न लागेको पूर्वसंकेत पाएपछि लिङदेन पार्टीका संस्थापक अध्यक्ष लोकेन्द्रबहादुर चन्दसँग कुराकानी गर्न चन्द निवास पुगेका थिए । थापालाई जसरी पनि पार्टीमा रोक्नका लागि आग्रह गरेर फर्केका उनले विहिवारका लागि पदाधिकारी बैठक पनि बोलाएका थिए । तर राप्रपाको एकता टिकेन ।

यसले लिङदेनको परिक्षा चार महिनामै भएको छ । उनीमाथी पार्टी एकता जोगाउन नसकेको आरोप लागेको छ । चुनावको सम्मुखमा थापाले राप्रपा छोडेपछि राप्रपालाई ठूलै झट्का लागेको छ । आउने चुनावमा पार्टी शक्तिशाली बन्ने उदघोष सहित २०७६ सालमा मात्रै विभाजित राप्रपाहरुको एकता भएको थियो । तर एउटा निर्वाचन परिणाम समेत एकतावद्ध राप्रपा भएर नलड्दै राप्रपाले विभाजनको चेपेटामा पर्नुपरेको छ ।

२०४७ सालमा पहिलो फुट


राप्रपामा पार्टी गठनको छोटो अवधीमै विभाजनको शिरा कोरिन थालेको थियो । पञ्चायत समाप्त भएर प्रजातन्त्र आएपछि तत्कालीन समयमा सुर्यबहादुर थापा र लोकेन्द्रबहादुर चन्दका बीचमा विवाद देखा परयो । नेतृत्वको यही विवादका कारण राप्रपा २०४७ जेठ १५ गते पहिलो पटक विभाजित भयो । राप्रपा (चन्द) र राप्रपा (थापा) नामका दुई पार्टी त्यसवेला घोषण भए ।

बहुदल स्थापनापछि भएको पहिलो चुनावमा यी दुवै पार्टीले भाग लिए। चुनावमा दुबै पार्टीले लज्जाजनक हार व्यहोर्न बाध्य भयो। देशभरका २ सय ५ निर्वाचन क्षेत्रमा चन्द पक्षले तीन र थापा पक्षले एक सिटमात्रै जित्यो। यसबाट पाठ सिक्दै एकताको प्रयास भयो । केही महिनाको प्रयासपछि उनीहरू पार्टी एकता गर्न सफल भए । पार्टीको नाम राष्ट्रिय प्रजातन्त्र पार्टी राख्ने निर्णय भयो। चुनाव चिन्ह हलो राख्दै नेतृत्व प्रजातन्त्रिक प्रक्रिया अनुसार प्रत्येक पाँच वर्षमा परिर्वतन गर्ने कुरामा उनीहरु सहमत भए। २०४८ माघमा एकीकृत पार्टी बन्यो। त्यसको अध्यक्ष सूर्यबहादुर थापा बनेका थिए ।

दोश्रो फुट २०५३


५१ को निर्वाचनमा राप्रपाले देशभर १९ सिट जितेको थियो । त्यो जित राप्रपाका लागि सत्ताको स्वाद चाख्ने मेसो बन्यो । २०५१ को चुनावमा ठूुलो दल बनेको एमाले र पछि पछि रहेको दोस्रो दल कांग्रेस कसैको पनि वहुमत आएन । त्यसपछि राप्रपा जता मिल्यो, उत्तै सत्ताका लागि बहुमत पुग्ने अवस्था बन्यो । यसले राप्रपाका नेताहरुलाई सधै सत्तास्वाद चाख्नका लागि बल मिलिरहयो ।

एमालेको ९ महिने सरकार ढलेपछि राप्रपा सत्ताको निर्णायक शक्ति वनिरहयो । कांग्रेस नेतृत्वको सरकार बन्यो, त्यसपछि । अहिलेकै प्र्धानमनत्री शेरवहादुर देउवा पहिलो पटक प्रधानमनत्री बबने । तयसमा राप्रपाका सूर्यवहादुर थापाले साथ दिए । लोकेन्द्रवहादुर चन्दहरु अर्काे धार निर्माणमा लागे । एमाले नेताहरु देउवा सरकार ढाल्न राप्रपाका चन्दहरुको साथ लिन लागिपरे ।


लोकेन्द्रबहादुर चन्दले आफू प्रधानमन्त्री बन्न पाउने आश्वासन पाएसँगै एमालेलाई साथ दिए। २०५४ सालमा राप्रपा–एमालेको गठबन्धनबाट चन्द प्रधानमन्त्री बने।आफैंले नेतृत्व गरेको सरकार आफ्नै साथीका कारण ढलेपछि थापा चन्दसँग रिसाए । फेरि चन्दको सरकार ढालेर कांग्रेससग मलिेर सूर्यवहादुर थापा प्रधानमन्त्री बने । पार्टी नेता चन्दको सरकार ढालेर थापा प्रधानमन्त्री बनेपछि राप्रपा फेरि विभाजित हुन पुग्यो । २०५३ सालमा राप्रपा चन्द र राप्रपा थापाको रुपमा पार्टी विभाजन भयो।

तेस्रो फुट २०६२


२०५६ को निर्वाचनमा विभाजित राप्रपाले निर्वाचन परिणाम अघिल्लो चुनावमा जस्तो लयाउन सकेन । थापा पक्षले ११ सिट र चन्द समुहले कुनै सिट जित्न सकेन । फेरि एकताको दवाव परयो । २०५७ सालमफेरि राप्रपा एक भयो । तर राजा विरेन्द्रको वंशनास पछि राजा बनेका ज्ञानेन्द्रले शत्ता आफ्नै हातमा लिन खोजेपछि राप्रपामा अर्काे पटक विभाजनको रोखा कोरियो ।

ज्ञानेन्द्रले निर्वाचित सरकारका त्यसवेला पनि प्रधानमन्त्री रहेका अहिलेकै प्रधानमन्त्री शेरबहादुर देउवालाई २०५९ असोज १८ मा बर्खास्त गरे, यो घटनासँगै राप्रपामा पुनः फुटको बिजारोपण भयो। सूर्यबहादुर थापा राजा ज्ञानेन्द्रको हस्तक्षेपको विपक्षमा थिए। तर, राजाको प्रस्ताव स्वीकार गर्दै लोकेन्द्र बहादुर चन्द प्रधामन्त्री बनेपछि विभाजनको विउ रोपियो । अहिले राप्रपा परित्यागको घोषणा गरेका कमल थापाले राजाकोक दमलाई साथ दिएर भेला बोलाए । २०६२ पुसमा राप्रपा नेपाल पार्टी घोषणा गरे ।

चौथो फुट २०६४


उता राप्रपा थापा समुहमा रहेकाा नेताहरुमा पनि मिलाप हुन सकेन । राप्रपामा सूर्यवहादुर थापा र उनीसँगै रहेका वरिष्ठ नेता प्रकाशचन्द्र लोहनी तत्कालीन अध्यक्ष पशुपति शमशेर राणासँग अलग भए । राणालाई अध्यक्ष स्वीकार गर्न नसकेपछि उनी आफैं ‘राष्ट्रिय जनशक्ति पार्टी’ नामको नयाँ पार्टी गठन गर्दै राप्रपावाट अलग्गिए ।

त्यसवेला संविधानसभाको चुनावमा राप्रपाका तिनै समुहले चुनावमा भाग लिए । तर कमल थापाको पार्टीले समानुपातिक मत ल्याए । अन्यको अवस्था पनि कमजोर बन्यो । त्यसपछि फेरि एकताको प्रयास शुरु भयो राप्रपामा । ०७० साल जेठमा फेरि पशुपति शम्शेर राणा र सूर्यबहादुर थापा एकै ठाउँमा आइपुगे। नयाँ पार्टीको नाम राप्रपा नै राखियो। यद्यपि थापा जिवित रहुन्जेल नेतृत्वका लागि विवाद भने चलिरह्यो।

२०७२ बैसाखमा थापाको निधन भयो। त्यसपछि लोकेन्द्रबहादुर चन्द, प्रकाशचन्द्र लोहनी र पशुपति शमशेर राणाले आलोपालो गरी पार्टी हाँक्ने सहमति गरे। तर फेरि पछि कमल थापासहितको एकता प्रयास भयो । २०७४ मंसिर ५ गते एकता भयो। कमल थापा पार्टी अध्यक्ष र राणा राष्ट्रिय अध्यक्ष बने। यो पार्टीको चौथो एकता थियो। तर, यो एकता पनि लामो समय टिक्न सकेन। सरकारमा सहभागिताको विषयमा कुरा नमिलेपछि पशुपति शमशेर राणाले पार्टी विभाजन गर्दै राप्रपा (प्रजातान्त्रिक) गठन गरे। यसबीचमा थापा सरकारमा गए ।

प्रकाशचन्द्रले गरेको पार्टी विभाजन पाचौं


त्यस्तै, प्रकाशचन्द्र लोहनीले समेत अलग पार्टी ‘राप्रपा राष्ट्रवादी’ गठन गरेका थिए । त्यो राप्रपाको राप्रपामा कमल थापाको एउटा पार्टी, पशुपति शम्शेरको अर्काे पार्टी र प्रकाशचन्द्र लोहनको अर्काे पार्टी सम्म बन्ने अवास्था आयो । अन्तत यसले राप्रपामा पाचौ. विभाजन ल्याएको थियो । त्यसपछि फेरि एकता आवश्यक महसुस गरेर २०७६ मा तिन ओटै पार्टी एकै ठाउमा आएका थिए ।


तर फेरि उनले आफनो मागको सुनुवाई गर्न भन्दै सोमबार सरकारले निर्वाचन घोषणा गर्दासम्म माग सम्वोधन गर्न भन्दै आफु पक्षधर रहेका नेताहरुको भेला बोलाएर अल्टिमेटम पनि दिएका थिए । थापाले राजेन्द्र लिङदेनलाई अल्टिमेटम दिने र सरकारले चुनावको मिति घोषणा गर्ने दिन संयोगकले एकै दिन जुरयो । त्यसपछि उनले आज मंगलबार भने गृहजिल्ला मकवानपुर पुगेर राप्रपा छोडेको घोषणा गरे । यो घोषणासँगै थापाको राजेन्द्र लिङदेनसँग राजनीतिक रुपमा औपचारिक डिभोर्स भएको छ ।

तिनै नेता पार्टीका अध्यक्ष बनेका थिउ । तयष्सपछि गत मंसिर अन्तिम साता राप्रपाको महाधिवेशन भएको थियो । पशुपति र प्रकाशचन्द्र चुनावै लडेनन । कमल थापा र राजेन्द्र्र लिङदेन चुनाव लडे । अन्तत कमल थापा लिङदेन सँग होर । त्यसपछि फेरि अहिले विभाजनको रेखा कोरियो ।

कमल थापाको पार्टी त्यागसँगै छैटौं विभाजन


कमल थापाले राप्रपा परित्याग गरेसँगै अन्तत फेरि राप्रपामा छैटौं विभाजन भएको छ । भलै कमल थापासँग राप्रपाका कुन-कुन नेता सँगै हुन्छन ? खुलेको त छैन । तर राप्रपामा यो सहित छैटौ. विभाजन आएको छ । पूर्व राजाले आफुलाई अध्यक्षमा हराउन भूमिका खेलेको आरोप लगाएका कमल थापाले अव हिन्दु एजेण्डा मात्र उठाएर नयाँ पार्टी घोषणा गरेर चुनावमा जाने तयारीमा लागेका छन् । उनी यस अगाडीसम्म राजसस्थाको पनि वकालतको पक्षमा थिए ।

प्रतिक्रिया