निर्वाचनको तयारीमा जुट्यो आयोग, निर्वाचन कार्यविधि निर्देशिकाको ड्राफ्ट बन्दै

काठमाडौं । स्थानीय तहको निर्वाचनको मिति घोषणा भएसँगै निर्वाचन आयोगले निर्वाचनको तयारी सुरु गरेको छ ।
आगामी ३० वैशाखमा हुने स्थानीय तहको निर्वाचनका लागि आयोगले तयारी थालेको प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिए । उनका अनुसार आयोगले निर्वाचन कार्यविधि निर्देशिकाको ड्राफ्ट तयार गर्दैछ ।
आन्तरिक कमिटी बनाएर कार्यविधि निर्देशिकाको ड्राफ्ट तयार पारिने उनले जानकारी दिए । ‘कमिटीले तयार पारेको ड्राफ्टको मस्यौदालाई आयोगले अध्ययन गरी स्वीकृत गरेपछि स्थानीय तह निर्वाचनको कार्यविधि निर्देशिका तयार हुन्छ,’ उनले भने ।
विगतका निर्वाचनका अनुभव र कमजोरीका आधारमा कार्यविधि बनाउने पौडेलले बताए ।
यस्तै आयोगले मंगलबार सबै जिल्लाका निर्वाचन कार्यलयलाई निर्वाचनका लागि तयारी अवस्थामा रहन निर्देशन दिएको छ ।
बिहान भर्चुअल माध्ययममार्फत भएको बैठकमार्फत यस्तो निर्देशन दिएको प्रवक्ता पौडेलले जानकारी दिए ।
















अमेरिकी विशेष दूत गोर र रास्वपा सभापति लामिछानेबीच भेटवार्ता
हाइस गाडीको ठक्करबाट बर्दियामा एक बालिकाको मृत्यु
दश बुँदे घोषणापत्र जारी गदैर्ए ‘बन्दीपुर गाउँ पर्यटन मार्ट २०८३’ सम्पन्न
भारतबाट सामान ल्याउँदा भन्सार तिर्नुपर्ने निर्णयपछि नेपाली बजार चलायमान बन्दै
नोबेल पुरस्कार विजेता नर्गिस मोहम्मदी अस्पतालमा भर्ना
प्रधानमन्त्री रहमान द्वारा ढाकालाई स्वच्छ सहर बनाउने लक्ष्यसहित १२ बुँदे योजना सार्वजनिक
अतिक्रमित जग्गामा बनाइएका घरटहरा खाली गर्न आग्रह
आशिष निर्माण सेवाका सञ्चालक गौली पक्राउ
सर्पले टोकेको फलफूल-तरकारी विषालु हुन्छ ?
रोल्पा दुर्घटना अपटेडः मृतकको सङ्ख्या २० पुग्यो
प्रतिक्रिया