गोपाल किराँती आलोक समूहको कारबाहीमा

काठमाडौं । तत्कालिन नेकपा माओवादी केन्द्रबाट अलग भई पार्टी गठन गरेका गोपाल किराँतीलाई पार्टीको असन्तुष्ट समूहले कारबाहीको घोषणा गरेको छ ।
एमालेसँगको एकतापछि किराँतीले माओवादी केन्द्र नै पुर्नगठन गरेका थिए । किराँतीले पार्टी पुर्नगठन गरेपछि यसअघि तीन समूह पार्टीबाट अलग भइसकेको छ ।
पछिल्लो पटक एकीकृत नेपाल कम्युनिस्ट पार्टीको असन्तुष्ट समूहको बैठकले अध्यक्ष गोपाल किराँतीलाई पार्टीको साधारण सदस्य समेत नरहने गरी कारवाही (निस्कासन) गरेको जनाएको छ ।
सो पार्टीको केन्द्रीय समितिको आठौं बैठकबाट किरातीले पार्टी अध्यक्ष रहँदा पार्टीप्रति गम्भीर गद्दारी गरेको भन्दै पार्टीबाट निश्कासन गरेको मंगलबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलन गरी जानकारी दिइएको छ ।
माघ १४–१८ गते काठमाडौंमा सम्पन्न बैठकले पार्टीमा उत्पन्न गम्भीर विवाद निरुपण गर्न र पार्टीलाई एक ढिक्का वनाउन भन्दै किराँतीलाई निश्कासित गरी आलोक रायमाझीलाई पार्टी अध्यक्षमा चयन गरिएको सो समूहले जनाएको छ ।
गोपाल किरातीले पार्टी अध्यक्ष भइरहँदा गम्भीर प्रकारको गद्दारी गरेको उनीहरुको आरोप छ ।
यसअघि किराँतीसँग असन्तुष्ट हुँदै कर्णजित बुढाथोकी समूहले माओवादी केन्द्र समाजवादी गठन गरेका छन् ।
















कर्मचारीले इन्धन दुरुपयोगको गरेको आरोप स्वास्थ्यमन्त्रीले लगाएपछी मन्त्रालयले भन्यो- दुरुपयोग भएको छैन
सुकुम्बासी देखी लिपुलेकसम्म यस्ता छन् कांग्रेस बैठकका ७ निर्णय
अमेरिकी जहाजलाई इरानले होर्मुजमा गर्यो आक्रमण
विश्वकै व्यस्त मानिने दुबई विमानस्थलमा यात्रुको सङ्ख्यामा ६६ प्रतिशतको गिरावट
नेपाललाई तेक्वान्दोमा चार स्वर्ण पदक
सुकुमवासीलाई चैत मसान्तभित्र व्यवस्थित बासस्थान उपलब्ध गराउन सरकारलाई रास्वपाको आग्रह
वैशाख १९ गते शनिबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
नारायणगढ–बुटवल सडकः दाउन्नेमा एकतर्फी ढलानको काम सकियो
मौसम पूर्वानुमान : केही यी स्थानमा मध्यम वर्षा तथा हिमपातको सम्भावना
विवादपछी अमेरिकाले जर्मनीबाट पाँच हजार सेना फिर्ता गर्दै
प्रतिक्रिया