कमल थापालार्ई निर्णय पुनर्विचार गर्न राप्रपाको आग्रह

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीले निवर्तमान अध्यक्ष कमल थापालाई पार्टी परित्याग गर्ने निर्णयमा पुनर्विचार गर्न आग्रह गरेको छ ।
थापाले मंगलबार पार्टी परित्याग गर्ने घोषणा गरेपछि बसेको राप्रपा पदाधिकारीको बैठकले आफ्नो निर्णयमा पुनर्विचार गर्न आग्रह गरेको हो ।
‘राप्रपाको ऐतिहासिक एकता महाधिवेशनपछि राप्रपाको लोकप्रियतामा वृद्धि तथा राष्ट्रिय शक्तिका रुपमा उदय र विकास भइरहेको समयमा राप्रपाका निवर्तमान अध्यक्ष कमल थापाबाट अनपेक्षित तथा अप्रत्यासित रुपमा व्यक्तिगत तवरले पार्टीबाट अलग हुने भनी गरिएको घोषणाप्रति दुःख प्रकट गर्दछौं’ प्रवक्ता मोहन श्रेष्ठले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।
मंसिरमा भएको महाधिवेशनमा पूर्वराजा शाह र निर्मल निवासले निर्वाचन प्रक्रियामा हस्तक्षेप गरेर आफूलाई पराजित गरेको आरोप लगाउँदै थापाले पार्टीभित्र असन्तुष्टि जनाउँदै आएका छन् ।














चन्द्र ढकालका छोरा सचिन बालेनको तर्फबाट रास्वपाको समानुपातिक सूचीमा
काठमाडौंमा यसरी मनाइयाे तमु ल्होसार (तस्बिरहरू)
यी हुन् राप्रपाका समानुपातिक उम्मेदवार
भक्तपुरमा ट्याङकरले मोटरसाइकललाई ठक्कर दिँदा श्रीमतीको मृत्यु, श्रीमान् घाइते
रास्वपाकाे समानुपातिक सूचीमा कलाकारदेखि क्रिकेटरसम्म (सूची)
देश अब नयाँ शिराबाट अगाडि बढ्छः मन्त्री घिसिङ
समानुपातिक उम्मेदवार टुंगो लगाउन एमालेले बोलायो सचिवालय बैठक
प्रधानमन्त्री कार्कीसँग पूर्वप्रधानमन्त्रीहरु देउवा, ओली र प्रचण्डकाे बैठक जारी
उज्यालो नेपालको निर्णय- विलय हुनेगरी कतै नजाने
कांग्रेस निर्णय- समानुपातिक उम्मेदवार चयन मापदण्ड तयार, अनुशासनको कारबाहीमा परेकालाई माफी
प्रतिक्रिया