ट्रक चालकको प्रदर्शनले क्यानाडाको राजधानी अस्तव्यस्त

काठमाडौँ । क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडोले ट्रक चालकहरुको प्रदर्शनले राजधानी ओटावाको जनजीवन कस्टकर भएको बताउँदै प्रदर्शन बन्द गर्न आह्वान गरेका छन् ।
केही प्रदर्शनकारीको व्यवहारले क्यानडेली जनता ‘दुःखित र प्रष्ट रुपमा अपमानित भएको’ बताएका छन् । प्रदर्शनकारी तोडफोड र जातीय दुर्व्यवहारमा उत्रिएको विवरण सार्वजनिक भइरहेका बेला प्रधानमन्त्रीको आह्वान आएको हो ।
सरकारले ल्याएको कोभिड खोप प्रावधानको विरोधमा ट्रक चालकहरुले विरोध गर्दै आएका छन् । चालकहरुले ट्रक तेर्साउदा ओटावाको जनजीवन अस्तव्यस्त बनेको छ भने राजधानीमा आपतकाल घोषणा गरिएको छ ।
करिब दुई सातादेखि सडकमा जथाभावी राखिएका ट्रकहरुका कारण जनजीवन अस्तव्यबस्त हुनुका साथै स्थानीय व्यापार ठप्प छ । चालकहरुले निरन्तर हर्न बजाउदा स्थानीय मानिस क्रुद्ध बनेका छन् ।
यसैबीच ओटावाका न्यायाधीशले एउटा फैसला गर्दै चालकहरुले कम्तिमा १० दिन राजधानीमा हर्न बजाउन नपाउने निर्णय गरेका छन् । ट्रक चालकहरुको आन्दोलनमा अतिवादीको घूसपैठ हुन सक्नेतर्फ ओटावा प्रहरी सचेत बनेको छ । प्रदर्शनकारीले जातीय दुव्र्यवहार र समलिंगीप्रति अपमान गर्नुका साथै नेसनल वार मेमोरियलको एक अज्ञात सिपाहीको चिहानमा नाचेको प्रहरीले जनाएको छ ।
प्रहरीले सम्पत्तिमा क्षतिसहित ६० ओटा भन्दाबढी घटनाहरुका बारेमा अनुसन्धान गरिरहेको छ ।













पल्टेको ग्यास बुलेट हटाउन नसक्दा १३ घण्टादेखि पूर्व-पश्चिम राजमार्ग अवरुद्ध
विद्यार्थीहरूलाई देशप्रेमको भावना जगाउँने शिक्षा दिनु आवश्यकः अध्यक्ष विजुक्छेँ
कांग्रेसबाट समानुपातिक सूचीमा पूर्व र वर्तमान राष्ट्रपतिका छोरा–छोरी पनि
कांग्रेस चुनावबाट भाग्दैन बरु हार्न तयार छ : कोइराला
पुतिनको निवासमाथि ड्रोन आक्रमण बनावटी दाबी मात्र : युक्रेन
उज्यालो नेपालको निर्णय- विलय हुनेगरी कतै नजाने
प्रतिनिधिसभा निर्वाचन : आज र भोलि समानुपातिक निर्वाचनको बन्द सूची पेस गर्ने कार्यतालिका
एनएसजेएफ पल्सर स्पोट्र्स अवार्डको नयाँ मिति घोषणा, पावर्ड बाईमा यती एयरलाइन्स
रवि–बालेनबिच ७ बुँदे सम्झौता : दल ‘राष्ट्रिय स्वतन्त्र पार्टी’ नै रहने, प्रधानमन्त्रीको उम्मेदवार बालेन बन्ने
रवि भन्छन् – सहमति नेताले खोजेजस्तो नभई देशलाई चाहिएजस्तो हुनुपर्छ
प्रतिक्रिया