माओवादी केन्द्रीय समिति बैठक प्रज्ञा भवनमा

काठमाडौं । सत्तासिन पार्टी नेकपा (माओवादी केन्द्र)को केन्द्रीय समिति बैठक प्रज्ञा भवनमा बस्ने भएको छ । पार्टीको केन्द्रीय समिति बैठक माघ २८ र २९ गते कमलादीस्थित प्रज्ञा भवनमा बस्न लागेको केन्द्रीय कार्यालयका सचिव श्रीराम ढकाल (प्रशान्त)ले जानकारी दिए ।
‘पार्टी केन्द्रीय कमिटि बैठक प्रज्ञा भवनमा बस्छ,’ ढकालले मेरोन्युजसँग भने,–‘त्यही अनुसार केन्द्रीय सदस्यहरुलाई खवर गरिसकिएको छ ।’
मओवादीको आठौं महाधिवेशन प्रज्ञा भवनमै पुस ११ देखि १८ गतेसमम चलेको थियो । महाधिवेशनले अध्यक्ष प्रचण्डलाई निर्वाचित गरेपनि अन्य पदाधिकारी चयन गर्न वाँकी छ । केन्द्रीय समिति बैठकमा पार्टीका रिक्त केन्द्रीय सदस्य चयन, पदाधिकारी चयन, केन्द्रीय सदस्यहरुको कार्यविभाजन, एमसीसीबारे अध्यक्षले प्रधानमन्त्रीसँगै एमसीसी मुख्यालयलाई लेखेको पत्र र त्यसपछि उत्पन्न परिस्थिती, पार्टीको एमसीसीका बारेमा थप प्रष्ट धारणा र आगामी स्थानीय तह निर्वाचन लगायतका विषयमा केन्द्रीत रहेर रणनीति बनाइने माओवादीका नेताहरुले बताएका छन् ।
















कर्मचारीले इन्धन दुरुपयोगको गरेको आरोप स्वास्थ्यमन्त्रीले लगाएपछी मन्त्रालयले भन्यो- दुरुपयोग भएको छैन
सुकुम्बासी देखी लिपुलेकसम्म यस्ता छन् कांग्रेस बैठकका ७ निर्णय
अमेरिकी जहाजलाई इरानले होर्मुजमा गर्यो आक्रमण
विश्वकै व्यस्त मानिने दुबई विमानस्थलमा यात्रुको सङ्ख्यामा ६६ प्रतिशतको गिरावट
नेपाललाई तेक्वान्दोमा चार स्वर्ण पदक
सुकुमवासीलाई चैत मसान्तभित्र व्यवस्थित बासस्थान उपलब्ध गराउन सरकारलाई रास्वपाको आग्रह
नारायणगढ–बुटवल सडकः दाउन्नेमा एकतर्फी ढलानको काम सकियो
वैशाख १९ गते शनिबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
मौसम पूर्वानुमान : केही यी स्थानमा मध्यम वर्षा तथा हिमपातको सम्भावना
विवादपछी अमेरिकाले जर्मनीबाट पाँच हजार सेना फिर्ता गर्दै
प्रतिक्रिया