माओवादी केन्द्रीय समिति बैठक प्रज्ञा भवनमा

काठमाडौं । सत्तासिन पार्टी नेकपा (माओवादी केन्द्र)को केन्द्रीय समिति बैठक प्रज्ञा भवनमा बस्ने भएको छ । पार्टीको केन्द्रीय समिति बैठक माघ २८ र २९ गते कमलादीस्थित प्रज्ञा भवनमा बस्न लागेको केन्द्रीय कार्यालयका सचिव श्रीराम ढकाल (प्रशान्त)ले जानकारी दिए ।
‘पार्टी केन्द्रीय कमिटि बैठक प्रज्ञा भवनमा बस्छ,’ ढकालले मेरोन्युजसँग भने,–‘त्यही अनुसार केन्द्रीय सदस्यहरुलाई खवर गरिसकिएको छ ।’
मओवादीको आठौं महाधिवेशन प्रज्ञा भवनमै पुस ११ देखि १८ गतेसमम चलेको थियो । महाधिवेशनले अध्यक्ष प्रचण्डलाई निर्वाचित गरेपनि अन्य पदाधिकारी चयन गर्न वाँकी छ । केन्द्रीय समिति बैठकमा पार्टीका रिक्त केन्द्रीय सदस्य चयन, पदाधिकारी चयन, केन्द्रीय सदस्यहरुको कार्यविभाजन, एमसीसीबारे अध्यक्षले प्रधानमन्त्रीसँगै एमसीसी मुख्यालयलाई लेखेको पत्र र त्यसपछि उत्पन्न परिस्थिती, पार्टीको एमसीसीका बारेमा थप प्रष्ट धारणा र आगामी स्थानीय तह निर्वाचन लगायतका विषयमा केन्द्रीत रहेर रणनीति बनाइने माओवादीका नेताहरुले बताएका छन् ।













पुराना पार्टीले नै देशको नेतृत्व गर्ने हो : ओली
सन् २०२५ इतिहासकै तातो वर्ष
ग्यासको बुलेट उठाउन नसक्दा अझै खुलेन पूर्व–पश्चिम महेन्द्र राजमार्ग
सन् २०२५ : अनिश्चितताले घेरेको विश्व अर्थतन्त्र
६५ लाख चाेरेर काठमाडौँबाट भागेका युवक दाङमा पक्राउ
उज्यालो नेपालको निर्णय- विलय हुनेगरी कतै नजाने
कांग्रेस निर्णय- समानुपातिक उम्मेदवार चयन मापदण्ड तयार, अनुशासनको कारबाहीमा परेकालाई माफी
फेरि संवादमा जुटे बालेन र कुलमान
निर्वाचन आयोगद्वारा अन्तिम मतदाता नामावली सूची प्रकाशित
प्रतिनिधिसभा निर्वाचन : आज र भोलि समानुपातिक निर्वाचनको बन्द सूची पेस गर्ने कार्यतालिका
प्रतिक्रिया