मंगलबार, पुष १५, २०८२

बढ्यो सुनको मूल्य, आज कति पुग्यो ?

मेरोन्यूज २०७८ माघ २६ गते १२:१२

काठमाडौँ । सुनचाँदी बजारमा आज छापावाल सुनको प्रतितोला ३०० रुपैयाँले बढेको छ । योसँगै आज छापावाला सुनको मूल्य ९३ हजार ४०० कायम भएको छ ।

यस्तै, नेपाल सुनचाँदी व्यवसायी महासंघले सार्वजनिक गरेको विवरणानुसार आज तेजाबी सुनको मूल्य प्रतितोला ९२ हजार ९०० सय रुपैयाँ कामय भएको छ । मंगलबार तेजाबी सुन ९२ हजार ६०० रुपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै, आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा प्रतितोला २० रुपैयाँले बढेर एक हजार २८० मा कारोबार भएको छ ।

प्रतिक्रिया