मंगलबार, पुष १५, २०८२

कृषि तथा भूमि व्यवस्था समितिका सभापतिमा श्रीवास्तव निर्वाचित

मेरोन्यूज २०७८ माघ २६ गते १५:१८

जनकपुर । मधेस प्रदेशअन्तर्गत कृषि तथा भूमि व्यवस्था समितिको सभापतिमा प्रदेशसभा सदस्य मदनसेन श्रीवास्तव निर्वाचित भएका छन् । प्रदेशसभामा आज भएको मतदानमा नेकपा (एकीकृत समाजवादी) का श्रीवास्तवले सात मत ल्याएका हुन् ।

उनका प्रतिद्वन्द्वी नेकपा एमालेका जगतारनदेवी साह सुडीले तीन मत प्राप्त गरे । प्रदेशसभा सचिवलायका सचिव रञ्जितकुमार यादवले जानकारी दिए ।
सार्वजनिक लेखा समितिका सभापतिका लागि आज दिउँसो १ बजे प्रदेशसभामा मतदान हुने कार्यसूची रहेको प्रदेशसभा सचिवालयले जनाएको छ ।

सार्वजनिक लेखा समितिका सभापतिका लागि सत्तारुढ गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका नरेशकुमार राय यादव र प्रतिपक्षी गठबन्धनका तर्फबाट लोकतान्त्रिक समाजवादी पार्टीका प्रह्लाद गिरीले उम्मेदवारी दर्ता गरे ।

प्राकृतिक स्रोत तथा वातावरण समितिको सभापतिमा भने नेकपा माओवादी केन्द्रका जगतप्रसाद यादव निर्विरोध निर्वाचित भए ।रासस

प्रतिक्रिया