स्थानीय तहको चुनावमा विद्युतीय भोटिङ मेसिन प्रयोग गर्न मिल्ने-नमिल्ने अध्ययन गर्न कार्यदल गठन
मेरोन्यूज
२०७८ माघ २६ गते १७:४५

काठमाडौं । आगामी स्थानीय तहको निर्वाचनमा विद्युतीय भोटिङ मेसिनको सम्भावित प्रयोगबारे अध्ययन गर्न कार्यदल गठन भएको छ।
बुधबार निर्वाचन आयोगले बैशाख ३० हुने स्थानीय निर्वाचनका विषयमा नेपाल सरकारका आइटी विज्ञहरूसँग छलफल गरेको थियो। उक्त छलफल पश्र्चात समिति गठन भएको छ ।
सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सहसचिव अनिल झाको संयोजकत्वमा सात सदस्य कार्यदल गठन भएको छ । उक्त कार्यदलले सात दिनमा अध्ययनको रिपोर्ट सात दिनभित्र आयोगमा बुझाउँनुपर्ने छ ।
आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले नेपाल सरकारका आइटी विज्ञहरूसँग छलफलपछि अध्ययन गर्न कार्यदल गठन भएको जानकारी दिए।
सम्बन्धित
















इरानको शान्ति प्रस्तावप्रति ट्रम्पको शङ्का, सम्भावित सैन्य कारबाहीको सङ्केत
ट्राफिक कारबाहीबाट २४ घण्टामा ५ लाख ६५ हजार राजस्व सङ्कलन
विश्व प्रेस स्वतन्त्रता दिवस: पत्रकार महासङ्घको ऐक्यबद्धता पदयात्रा
सुनको मूल्य तोलामा एक हजारले घट्यो, चाँदीको बढ्यो
होर्मुज जलडमरूमध्यमा इरानको सुरक्षा निगरानी कडा
सर्पले टोकेको फलफूल-तरकारी विषालु हुन्छ ?
पुरानै शैली र प्रवृत्ति तोडेर रुपान्तरणकारी बजेट आउँछः अर्थमन्त्री वाग्ले
नारामा केन्द्रित नभई नतिजा केन्द्रित बजेट आवश्यकः पूर्वअर्थमन्त्री खनाल
राष्ट्रपतिद्वारा सार्वजनिक खरिद अध्यादेश जारी
प्रतिक्रिया