प्रधानमन्त्री-प्रचण्ड भेटवार्ता : एमसीसीमा अझै जुटेन गठबन्धनमै सहमति
विहान माधव नेपाल भेटेका प्रचण्डले साँझ प्रधानमन्त्रीसँग बालुवाटारमा भेटवार्ता गरेका छन्

काठमाडौं । प्रधानमन्त्री शेरवहादुर देउवा र नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) वीच भेटवार्ता भएको छ । अमेरिकी आर्थिक परियोजना मिलेनियम च्यालेन्ज कम्प्याक्ट एमसीसी संसदमा पेश गर्ने नगर्ने विषयमा सत्तागठबन्धन दलका यी शीर्ष नेताहरुका वीचमा सहमति नजुटिरहेका बेला वुधबार साँझ प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा भेटवार्ता भएको हो ।
प्रधानमन्त्रीसँगको भेटवार्ताका लागि प्रचण्ड साँझ ५ वजे बालुवाटार पुगेका थिए ।
दुई दिन देखि यी सत्तागठबन्धन दलका शीर्ष नेताहरुका वीचमा भेटवार्ता भएको थिएन । प्रधानमन्त्री देउवाले सभामुखमाथी दवाव बढाउने, प्रतिपक्षी एमालेको साथ र सहयोग लिने र आवश्यक परे गठबन्धन तोडेर भएपनि एमसीसी सम्झौता सदनमा लगेर पारित गर्ने योजना बनाईरहेका छन् ।
सोही कारण सत्तागठबन्धन दलकै वीचमा आशंका उब्जिरहेका बेला दुई गठबन्धन दलका नेताहरुका वीचमा भेटवार्ता भएको हो । भेटवार्ताका विस्तृत विवरण नखुलेपनि एमसीसी सम्झौता र स्थानीय तह निर्वाचनका विषयमा केन्द्रीत रहेर प्रधानमन्त्री देउवा र माओवादी अध्यक्ष प्रचण्डका वीचमा वार्ता भएको बताईएको छ ।
प्रधानमन्त्रीले गत माघ १६ मै संसदमा एमसीसी सम्झौता अगाडी वढाउन चाहेका थिए । त्यसपछि संसद वैठक माघ २६ सम्मलाई स्थगित भएको थियो । अहिले फेरि बैठक स्थगित भउर फागुन २ गतेका लागि बोलाईएको छ । अमेरिकाले फागुन १६ भित्र एमसीसी सम्झौता अनुमोदनका लागि सरकारलाई प्रेसर दिईरहेको छ ।
प्रधानमन्त्री एमसीसी पारित गर्न कम्मर कसेर लागेपनि माओवादी केन्द्र परिमार्जन विना जस्ताको तस्तै पारित गर्ने पक्षमा छैन । सत्ता गठबन्धन घटकको अर्काे दल नेकपा एकीकृत समाजवादी पनि माओवादीसँगै छ यो विषयमा । प्रचण्ड प्रधानमन्त्री देउवासँगको भेट अगाडी एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालसँगको छलफलमा थिए । वुधबार विहान नेपाल प्रचण्ड भेटन प्रचण्डकै निवास खुमलटार पुगेका थिए ।
खुमलटारमा प्रचण्ड र नेपालका वीचमा झण्डै दुई घण्टा लामो सम्वाद भएको थियो । उक्त सम्वाद कर्णाली प्रदेश सरकार गठनमा नेकपा एसले जनाएको असन्तुष्टीका विषयमा केन्द्रीत रहेको भनिएपनि एमसीसी र स्थानीय तह निर्वाचनका विषयमा दुई पार्टीले बनाउने समझदारीमा केन्द्रीत रहेको बताईएको छ ।
नेपालसाग विहानको छलफलपछि साँझ प्रधानमन्त्रीसँग प्रचण्डको भेटवार्ता भएको हो ।
देउवाले पनि यस विषयमा आन्तरिक छलफल गरेका छन् । आफुसागै महाधिवेशनमा चुनावमा पराजित पार्टी नेता शेखर कोइरालासँगको छलफल पछि प्रधानमन्त्रीले प्रचण्डसाग भेट गरेका हुन् । कोइरालाले मंगलबार साँझ मात्र विपक्षी दलका नेता केपी ओलीसँग भेट गरेका थिए । त्यही भेटका बारेमा कोइरालाले प्रधानमन्त्रीलाई जानकारी समेत गराएका थिए ।
ओली सत्तागठवन्धन एमसीसीकै कारण टुटाउन चाहिरहेका छन् । यस्तो बेला राजनीतिक दलका वीचमा भईरहेको भेटघाट निक्कै अर्थपूर्ण मानिएको छ ।














महिला विश्वकप क्रिकेटमा नेपालको दाबेदारी
निर्वाचन कार्यतालिका स्थगनको माग गर्दै आयोग पुग्याे देउवा पक्ष
फिलिपिन्सको डम्पसाइट भत्किँदा मृत्यु हुनेको सङ्ख्या ३५ पुग्यो
आयोगको निर्णयविरुद्ध देउवा पक्षले दिएकाे रिट सर्वोच्चमा दर्ता, माघ ६ गते पेसी
कञ्चनपुरमा महिला मतदाता बढी
नेपाली क्रिकेट टोलीको बलिङ कन्सल्टेन्टमा इयान हार्भे
गगन नेतृत्वको कांग्रेसले राष्ट्रिय सभा चुनावमा एमालेसँगको तालमेल नतोड्ने
राष्ट्रिय लिग फुटबल : जावलाखेलमाथि लालीगुराँसको जित
बुढासुब्बा गोल्डकप यही माघ २२ देखि
देउवा पक्षका नेताहरू निर्वाचन आयोगमा, आयोग घेर्ने तयारीमा तरुण दल
प्रतिक्रिया