होटल याक एण्ड यती बन्द गर्न पर्यटनमन्त्रीको निर्देशन
रोयल्टी र इजाजतपत्र नवीकरण दस्तुर नतिरेपछि ‘पाँच तारे’ होटलको वर्गीकरण पनि रद्द

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले काठमाडौंको दरबारमार्गस्थित होटल याक एण्ड यती र त्यस होटलमा रहेको क्यासिनो बन्द गर्न निर्देशन दिएका छन् ।
मन्त्री आलेले मन्त्रीस्तरीय निर्णयका आधारमा त्यस्तो निर्देशन दिएका हुन् । मन्त्रीको निर्देशनसँगै पर्यटन विभागले होटल तथा क्यासिनो सञ्चालन नगर्न निर्देशन दिएको छ ।
होटल र क्यासिनोले बुझाउनुपर्ने रोयल्टी र इजाजतपत्र नवीकरण दस्तुर ४२ करोड २५ लाख ६८ हजार २५३ रुपैयाा ४२ पैसा बुझाउन बााकी रहेको र त्यसका लागि पटक पटक ताकेता गर्दा पनि नतिरेपछि बन्द गर्न निर्देशन दिइएको हो ।
बुझाउन बााकी रोयल्टी र नवीकरण दस्तुर बुझाउन पटक पटक पत्राचार गरेको र गोरखापत्रमा सार्वजनिक सूचना जारी गर्दा पनि बेवास्ता गरेकाले माघ २५ गते मन्त्री आलेले होटलको अचल सम्पत्ति रोक्का राख्ने, बैंक तथा वित्तीय संस्थामा रहेको कारोबार रोक्का राख्ने मन्त्रीस्तरीय निर्णय गरेका हुन् ।
मन्त्री आलेले ५ तारेस्तरको होटल वर्गीकरण प्रमाणपत्र पनि रद्ध गर्ने निर्णय गरेका छन् । यो निर्णयले होटल याक एण्ड यतिको पाँच तारे होटलको वर्गीकरण पनि रद्द भएको छ ।















निर्वाचन आचारसंहिता आज रातिदेखि लागू हुँदै
नागरिक केन्द्रित सेवा प्रवाह गर्न गृहसचिवद्वारा प्रहरीलाई निर्देशन
प्रधानमन्त्रीले गरिन् निर्वाचन आयोगका पदाधिकारीसँग छलफल
पहिलोपटक घण्टीघर पुगेका बालेनले के-के गरे ?
Thousands march in Greenland to support Arctic island in the face of Trump’s threats to take it over
गगन नेतृत्वको कांग्रेसले राष्ट्रिय सभा चुनावमा एमालेसँगको तालमेल नतोड्ने
राष्ट्रिय लिग फुटबल : जावलाखेलमाथि लालीगुराँसको जित
नेपाली क्रिकेट टोलीको बलिङ कन्सल्टेन्टमा इयान हार्भे
बुढासुब्बा गोल्डकप यही माघ २२ देखि
देउवा पक्षका नेताहरू निर्वाचन आयोगमा, आयोग घेर्ने तयारीमा तरुण दल
प्रतिक्रिया