होटल याक एण्ड यती बन्द गर्न पर्यटनमन्त्रीको निर्देशन
रोयल्टी र इजाजतपत्र नवीकरण दस्तुर नतिरेपछि ‘पाँच तारे’ होटलको वर्गीकरण पनि रद्द

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले काठमाडौंको दरबारमार्गस्थित होटल याक एण्ड यती र त्यस होटलमा रहेको क्यासिनो बन्द गर्न निर्देशन दिएका छन् ।
मन्त्री आलेले मन्त्रीस्तरीय निर्णयका आधारमा त्यस्तो निर्देशन दिएका हुन् । मन्त्रीको निर्देशनसँगै पर्यटन विभागले होटल तथा क्यासिनो सञ्चालन नगर्न निर्देशन दिएको छ ।
होटल र क्यासिनोले बुझाउनुपर्ने रोयल्टी र इजाजतपत्र नवीकरण दस्तुर ४२ करोड २५ लाख ६८ हजार २५३ रुपैयाा ४२ पैसा बुझाउन बााकी रहेको र त्यसका लागि पटक पटक ताकेता गर्दा पनि नतिरेपछि बन्द गर्न निर्देशन दिइएको हो ।
बुझाउन बााकी रोयल्टी र नवीकरण दस्तुर बुझाउन पटक पटक पत्राचार गरेको र गोरखापत्रमा सार्वजनिक सूचना जारी गर्दा पनि बेवास्ता गरेकाले माघ २५ गते मन्त्री आलेले होटलको अचल सम्पत्ति रोक्का राख्ने, बैंक तथा वित्तीय संस्थामा रहेको कारोबार रोक्का राख्ने मन्त्रीस्तरीय निर्णय गरेका हुन् ।
मन्त्री आलेले ५ तारेस्तरको होटल वर्गीकरण प्रमाणपत्र पनि रद्ध गर्ने निर्णय गरेका छन् । यो निर्णयले होटल याक एण्ड यतिको पाँच तारे होटलको वर्गीकरण पनि रद्द भएको छ ।

















कर्मचारीले इन्धन दुरुपयोगको गरेको आरोप स्वास्थ्यमन्त्रीले लगाएपछी मन्त्रालयले भन्यो- दुरुपयोग भएको छैन
सुकुम्बासी देखी लिपुलेकसम्म यस्ता छन् कांग्रेस बैठकका ७ निर्णय
अमेरिकी जहाजलाई इरानले होर्मुजमा गर्यो आक्रमण
विश्वकै व्यस्त मानिने दुबई विमानस्थलमा यात्रुको सङ्ख्यामा ६६ प्रतिशतको गिरावट
नेपाललाई तेक्वान्दोमा चार स्वर्ण पदक
सुकुमवासीलाई चैत मसान्तभित्र व्यवस्थित बासस्थान उपलब्ध गराउन सरकारलाई रास्वपाको आग्रह
वैशाख १९ गते शनिबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
नारायणगढ–बुटवल सडकः दाउन्नेमा एकतर्फी ढलानको काम सकियो
मौसम पूर्वानुमान : केही यी स्थानमा मध्यम वर्षा तथा हिमपातको सम्भावना
इरानको तेल किन्ने कम्पनीहरूमाथि अमेरिकाले लगाएको प्रतिबन्ध चीनद्वरा खारेज
प्रतिक्रिया