वाग्मतीसहित तीन प्रदेशमा वर्षा र हिमपातको सम्भावना
मेरोन्यूज
२०७८ माघ २७ गते ६:४९

काठमाडौं । आज वाग्मतीसहित तीनवटा प्रदेशमा वर्षाको सम्भावना रहेको छ । जल तथा मौसम विज्ञान विभागले प्रदेश–१, वाग्मती प्रदेश र गण्डकी प्रदेशका थोरै स्थानमा हल्का वर्षाको सम्भावना रहेको जनाएको छ ।
आज दिउँसो देशका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू–भागमा आंशिक बदली रहने विभागले जनाएको छ । प्रदेश–१ का थोरै स्थानमा हल्का वर्षाको सम्भावना रहेको विभागले जनाएको हाे ।
यसैगरी, आज राति वाग्मती प्रदेश, गण्डकी प्रदेश र प्रदेश–१ का पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रहने बाँकी भू–भागको मौसम आंशिक बदली रहने जनाएको छ । प्रदेश–१, वाग्मती प्रदेश र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका केही स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।
विभागले वर्षा र हिमपातको सम्भावना रहेकाले चिसोबाट बच्न र त्यसको प्रभावबाट जोगिन आग्रह गरेको छ ।
सम्बन्धित
















युएईमा घाइते भएका सातै नेपाली खतरामुक्त, छ जना अस्पतालबाट ‘डिस्चार्ज’
१५औँ महाधिवेशनको तयारीमा कांग्रेस : ‘जरा अभियान’ मा गाउँ तहसम्म पुग्ने
उद्योग वाणिज्य महासङ्घ, लुम्बिनीको अध्यक्षमा श्रेष्ठ निर्वाचित
नयाँ शैक्षिकसत्र वैशाख २ गतेदेखि, पाठ्यपुस्तक विद्यालयमा पु¥याइँदै
फोहरबाट मोहरः व्यासले कमायो १७ लाख
राष्ट्रिय सुरक्षाको विषयलाई पुनःपरिभाषित गर्नुपर्नेछ : प्रधानसेनापति
एसइई परीक्षा बिहीबारदेखि सुरु हुँदै : सबै तयारी पूरा
सभामुख र उपाध्यक्षको निर्वाचन कार्यतालिका सार्वजनिक
सर्वसाधारणलाई मन्त्रालयमै बोलाएर गुनासो सुन्दै गृहमन्त्री
पूर्वयुवराज पारसको मुटुमा राखिएको आईसीडीको ब्याट्री फेरियो
प्रतिक्रिया