शेखरले प्रचण्डलाई भने – स्थानीय चुनावमा गठबन्धन गर्न सकिदैन

काठमाडौं । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)संग नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले भेटवार्ता गरेका छन् ।
प्रचण्डलाई भेट्न नेता कोइराला बिहीबार बिहान ९ बजे खुमलटार पुगेका थिए ।
कांग्रेस नेता अमरेशकुमार सिंहसहित प्रचण्ड निवास खुमलटार पुगेका कोइराला र प्रचण्डबीच गठबन्धन, एमसीसी, संसद् खुलाउने लगायतका विषयमा छलफल भएको कोइरालाका स्वकीय सचिव दिनेश थपलियाले जानकारी दिए ।
कोइरालाले कांग्रेस माओवादी वा अरू कुनै दलसँग गठबन्धनमा जान नसक्ने स्पष्ट पारिदिएको भेटमा सहभागी नेता सिंहले बताए।
‘स्थानीय तहको निर्वाचनमा गठबन्धन गरेर सहयोग गर्न प्रचण्डले भन्नुभयो, तर कोइरालाले गठबन्धन कुनै हालतमा नगर्ने आफ्नो स्पष्ट धारणा हो भन्नुभयो,’ सिंहले प्रचण्ड र कोइराला उदृत गदै भने ।
‘संसद्लाई बन्धक नबनाऊ, जे जे गर्ने हो संसबाटै छिनोफानो गर्न कोइरालाले अध्यक्ष प्रचण्डलाई गरेको आग्रह उद्धृत गर्दै सिंहले बताए ।
माओवादीसँग गठबन्धन गरेर कांग्रेसलाई कुनै फाइदा नै नरहेको भन्दै कोइरालाले गठबन्धन गर्न नसकिने बताएका थिए।
यसअघि कोइरालाले मंगलबार साँझ एमाले अध्यक्ष केपी शर्मा ओलीलाई पनि बालकोट पुगेर भेटेका थिए ।













पल्टेको ग्यास बुलेट हटाउन नसक्दा १३ घण्टादेखि पूर्व-पश्चिम राजमार्ग अवरुद्ध
विद्यार्थीहरूलाई देशप्रेमको भावना जगाउँने शिक्षा दिनु आवश्यकः अध्यक्ष विजुक्छेँ
कांग्रेसबाट समानुपातिक सूचीमा पूर्व र वर्तमान राष्ट्रपतिका छोरा–छोरी पनि
कांग्रेस चुनावबाट भाग्दैन बरु हार्न तयार छ : कोइराला
पुतिनको निवासमाथि ड्रोन आक्रमण बनावटी दाबी मात्र : युक्रेन
एनएसजेएफ पल्सर स्पोट्र्स अवार्डको नयाँ मिति घोषणा, पावर्ड बाईमा यती एयरलाइन्स
प्रतिनिधिसभा निर्वाचन : आज र भोलि समानुपातिक निर्वाचनको बन्द सूची पेस गर्ने कार्यतालिका
रवि–बालेनबिच ७ बुँदे सम्झौता : दल ‘राष्ट्रिय स्वतन्त्र पार्टी’ नै रहने, प्रधानमन्त्रीको उम्मेदवार बालेन बन्ने
रवि भन्छन् – सहमति नेताले खोजेजस्तो नभई देशलाई चाहिएजस्तो हुनुपर्छ
एमालेको आदिवासी जनजाति क्लस्टरतर्फ समानुपातिक सूचीको पहिलो नम्बरमा बादल
प्रतिक्रिया