यस्तो छ स्थानीय तह निर्वाचनमा राप्रपाको रणनीति
काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को आज बसेको केन्द्रीय पदाधिकारीको बैठकले राजनीतिक परिस्थितिको समीक्षा र आसन्न स्थानीय तहको निर्वाचनको तयारीबारे छलफल गरेको छ ।
बैठकमा राप्रपा महामन्त्री एवं निर्वाचन परिचालन समितिका संयोजक भुवन पाठकले स्थानीय तह निर्वाचन विशेष कार्य योजना प्रस्तुत गरेका थिए । राप्रपाले पार्टी संगठन सुदृढ र क्रियाशील तुल्याउने, सबै स्थानीय तहमा उमेदवार खडा गर्ने, पार्टीको नीति, विचार, सिद्धान्त र कार्ययोजना बारे आम जनतालाई जागरुक गराउन देशव्यापी घरदैलो कार्यक्रम सञ्चालन गर्ने लगायत निर्णय गरेको छ ।
राप्रपाले फागुन महिनालाई प्रशिक्षणको महिना बनाउने भएको छ । यस्तै फागुन मसान्तभित्र स्थानीय तह निर्वाचनका उम्मेद्वारको टुंगो लगाइसक्ने जनाएको छ । यस्तै राप्रपाले देशव्यापी पार्टी प्रवेश कार्यक्रम र कोणसभा सञ्चालन गर्ने जनाएको छ ।

















भूमिहीन नागरिकहरूको पहिचान गरी दीगो समाधान गरिने : प्रधानमन्त्री शाह
होर्मुजमा जहाज आवागमन सहज बनाउन अमेरिकाले प्रोजेक्ट फ्रीडम’ सुरु गर्दै
भन्सार कडाइसँगै भद्रपुर बजारमा चहलपहल, नेपाली व्यवसायी खुसी
यस्तो छ आजका लागि कृषि उपजको थोक मूल्य
कांग्रेस केन्द्रीय कार्य सम्पादन समितिको बैठक बस्दै
सुकुमवासीलाई चैत मसान्तभित्र व्यवस्थित बासस्थान उपलब्ध गराउन सरकारलाई रास्वपाको आग्रह
सुनचाँदीको मूल्य वृद्धि, आजको कारोबारको मूल्य कति ?
राष्ट्रपतिद्वारा सम्पत्ति शुद्धीकरण अध्यादेश जारी
सशस्त्र प्रहरी महानिरीक्षक अर्यालको फौजी परम्पराअनुसार बिदाइ
सिरहा बम विस्फोट घटनाका अभियुक्त यादव पुर्पक्षका लागि कारागार चलान
प्रतिक्रिया