होर्मुजमा जहाज आवागमन सहज बनाउन अमेरिकाले प्रोजेक्ट फ्रीडम’ सुरु गर्दै

अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले आइतबार जानकारी गराउँदै मध्यपूर्वको अत्यन्त महत्वपूर्ण समुद्री मार्ग होर्मुज जलडमरूमध्यमा रहेका जहाजहरूलाई सुरक्षित रूपमा बाहिर निकाल्ने प्रक्रिया सोमबार बिहानदेखि सुरु गरिने बताएका छन् ।
उनले यस पहललाई ‘प्रोजेक्ट फ्रीडम’ नाम दिँदै मानवीय सहयोगका उद्देश्यले अघि सारिएको कदमका रूपमा प्रस्तुत गरेका छन् । उन्का अनुसार विभिन्न मुलुकहरूले आफ्ना व्यापारिक जहाजहरू उक्त संवेदनशील जलमार्गमा फसेको अवस्थाका कारण सहयोगका लागि अनुरोध गरेका थिए, जसमा ती मुलुकहरू प्रत्यक्ष रूपमा क्षेत्रीय विवादमा संलग्न नभए पनि उनीहरूका जहाजहरू प्रभावित भएका छन् ।
राष्ट्रपति ट्रम्पले इरान, मध्यपूर्व क्षेत्र तथा संयुक्त राज्य अमेरिकाको साझा हितलाई ध्यानमा राख्दै जहाजहरूलाई सुरक्षित मार्ग प्रदान गर्दै उक्त क्षेत्रबाट बाहिर निकाल्ने निर्णय गरिएको उल्लेख गरेको छ । यस प्रयासले अन्तर्राष्ट्रिय समुद्री व्यापारलाई सहज बनाउन तथा आपूर्ति शृंखलालाई सामान्य अवस्थामा फर्काउन सहयोग पुग्ने अपेक्षा गरिएको छ ।
उनका अनुसार केही जहाजहरूमा खाद्यान्न, इन्धन तथा अन्य अत्यावश्यक सामग्रीको अभाव देखिन थालेको छ, जसले चालकदलको स्वास्थ्य, सुरक्षा तथा समग्र कल्याणमा चुनौती उत्पन्न गर्न सक्ने अवस्था रहेको छ ।
उनले थप स्पष्ट पार्दै यस मानवीय प्रक्रियामा कुनै प्रकारको अवरोध भएमा आवश्यक परेमा उपयुक्त र कडाइका साथ सम्बोधन गरिने पनि उल्लेख गरेका छन् ।
यसैबीच, इरानले आफ्नो १४ बुँदे शान्ति प्रस्तावबारे अमेरिकी प्रतिक्रिया प्राप्त भएको र त्यसको सावधानीपूर्वक अध्ययन भइरहेको जनाएको छ । इरानी विदेश मन्त्रालयका प्रवक्ताले उक्त प्रस्तावको मुख्य उद्देश्य युद्धको अन्त्य सुनिश्चित गर्नु रहेको र त्यसमा आणविक विषयसँग सम्बन्धित विस्तृत विवरण समावेश नभएको स्पष्ट पारेका छन् ।
यस घटनाक्रमले मध्यपूर्व तथा एसिया क्षेत्रको सुरक्षा अवस्था, समुद्री व्यापार तथा अन्तर्राष्ट्रिय कूटनीतिक सम्बन्धलाई अझ संवेदनशील बनाएको सङ्केत गरेको छ
















कार्यान्वयनयोग्य आयोजना प्रस्ताव गर्न प्रदेश सरकारको आग्रह
प्रहरीको सरुवा बढुवालाई निष्पक्ष र अनुमानयोग्य बनाउन गृहसचिव श्रेष्ठको निर्देशन
दुईदिने सार्वजनिक बिदाः पोखराको पर्यटनमा सकारात्मक प्रभाव
दोस्रो चरणको आर्थिक सुधारमार्फत मुलुकको आर्थिक रूपान्तरणलाई तीव्र बनाउनुपर्छः अध्यक्ष ढकाल
संवैधानिक परिषद्सम्बन्धी अध्यादेश फेरि राष्ट्रपतिसमक्ष पठाउने सरकारकाे निर्णय
सुकुमवासीलाई चैत मसान्तभित्र व्यवस्थित बासस्थान उपलब्ध गराउन सरकारलाई रास्वपाको आग्रह
राष्ट्रपतिद्वारा सम्पत्ति शुद्धीकरण अध्यादेश जारी
सशस्त्र प्रहरी महानिरीक्षक अर्यालको फौजी परम्पराअनुसार बिदाइ
सिरहा बम विस्फोट घटनाका अभियुक्त यादव पुर्पक्षका लागि कारागार चलान
दुर्गम क्षेत्रमा भि-स्याटमार्फत सेवा प्रवाह गर्दै टेलिकम
प्रतिक्रिया