एमसीसीका लागि राष्ट्रिय सहमतिको प्रयास हुँदै : अर्थ मन्त्री शर्मा
काठमाडौँ । अर्थमन्त्री जनार्दन शर्माले अमेरिकी सहयोग परियोजना मिलिनियम च्यालेञ्ज कर्पोरेशन (एमसीसी)को सम्बन्धमा सरकारले राष्ट्रिय सहमति खोज्ने प्रयास गरिरहेको बताएका छन् । बिहीबार अर्थ मन्त्रालयमा आयोजित चालु आर्थिक वर्षको बजेटको अर्ध वार्षिक समीक्षा मूल्यांकन प्रतिवेदन सार्वजनिकमा बोल्दै उनले एमसीसी परियोजनाबारे मुख खोलेका हुन् ।
मन्त्री शर्माले एमसीसीका सम्बन्धमा राजनीतिक दलबीच राष्ट्रिय सहमति खोज्ने प्रयास भइरहेको बताए । ‘एमसीसीको कुरा एउटा परियोजनाको हिसाबले ऊर्जा क्षेत्रमा, सडक क्षेत्रमा कार्यान्वयन गर्ने भन्ने यहाँहरुलाई थाहा छँदै छ, तर यो मुद्दा अलि राजनीतिकृत भएर राजनीतिक पार्टीहरुको बिचमा छलफल भइराखेको छ,’ उनले भने, ‘एउटा निष्कर्षतिर लैजानुपर्छ भनेर राजनीतिक पार्टीहरुको बिचमा, दलहरुको बिचमा राष्ट्रिय सहमति निर्माण गर्ने कुरा तिर नै अगाडि बढिरहेको भएको हुनाले सरकारले गरिरहेको प्रयास, प्रधानमन्त्रीज्यूले गरिरहेको प्रयास नै त्यतातिर गइरहेको हुनाले त्यो प्रयास बाट एउटा निष्कर्ष निस्किन्छ भन्ने एउटा विश्वासमा म छु ।’
उनले एमसीसी परियोजनामा राष्ट्रिय सहमति खोज्न गरेको प्रधानमन्त्रीको प्रयासले निष्कर्ष निस्किनेमा विश्वास व्यक्त गरे ।

















उदयपुरको त्रियुगा नदीमा झोलुङगे पुल निर्माण
पूर्णागिरि मेलापछि महेन्द्रनगरमा भारतीय दर्शनार्थीको घुइँचो
अष्ट्रेलियाको तेल सुरक्षा रणनीति: घरेलु कारखाना अनुदानमा संशोधन
श्रीलंकाको अर्थतन्त्र स्थिर, तर बाह्य जोखिम बढ्दो
कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु, गगन अनुपस्थित
ग्यास पूर्वाधारमा इजरायलले आक्रमण गरेपछि इरानकाे पक्षमा उत्रियाे कतार
खोटाङमा एयर डाइनेस्टीको हेलिकप्टर दुर्घटना
इरानकाे आक्रमण विरुद्ध खाडी मुलुकहरूको समर्थन गर्ने युक्रेनको घोषणा
रविको मुद्दा फिर्ताविरुद्धको रिट फेरि ‘हेर्दाहेर्दै’ मा, अर्काे सुनुवाइ पर्सि
इला होटल एण्ड रिसोर्टको प्रमुख कार्यकारी अधिकृतमा लक्ष्मण थापा नियुक्त
प्रतिक्रिया