छोरा चाहिएको भन्दै बच्चा चोरी गर्ने तीन जना सार्वजनिक

जनकपुरधाम । बच्चा चोरी आरोपमा धनुषा प्रहरीले तीन जनालाई पक्राउ गरी सार्वजनिक गरेको छ । जनकपुरधाम उपमहानगरपालिका ८ पगला बाबा नजिकैबाट बुधबार बच्चा चोरी गर्ने गिरोह पक्राउ परेको हो ।
जिल्ला प्रहरी कार्यालय धनुषाले बिहीबार पत्रकार सम्मेलन गरी चोरी कार्यमा संलग्न रहेको आरोपमा धनुषा गणेशमान चारनाथ नगरपालिका(१० का संजित मुखियाकी ३५ वर्षीया श्रीमती मनीषा देवी मुखिया, औरही गाउँपालिका १ पौडेश्वर घर भई हाल जनकपुरधाम उपमहानगरपालिका ८ बस्ने बिगुल मुखियाकी २० वर्षीया श्रीमती किरण राम र महोत्तरीको लोहारपट्टी नगरपालिका ४ घर भई जनकपुरधाम उपमहानगरपालिका ७ बस्ने २२ वर्षीय कृष्ण कुमार यादवलाई पक्राउ गरी सार्वजनिक गरेको हो ।
जनकपुरधाम ७ बस्ने मोहम्म अमिर राइनका ७ महिने छोरा अख्तर आफ्ना ७ वर्षीया बहिनी एलिजा खातुनसँग घर नजिकै खेलिरहेको अवस्थामा बुधवार साँझ ६ बजे मनीषाले एलिजालाई ५० रुपैयाँ दिएर कुरकुरे किनेर ल्याइदिन भनेका थिइन् । एलिया कुरकुरे किन्न पसलमा गएलतै मनीषा अख्तरलाई लिएर भागेका थिइन् ।
घटना भए लगत्तै एलिजाले रातो साडी लगाएको महिलाले भाइलाई लिएर भागेको जानकारी गराएपछि सार्वजनिक सञ्चालन फेसबुकसहितमा बच्चाको फोटो राखी जनस्तरबाट पनि खोजीको कार्य भएको थियो ।
यता, जिल्ला प्रहरी कार्यालय धनुषाले पनि घटनाको जानकारी पाए लगतै प्रहरी निरीक्षक विक्रम साहको नेतृत्वको टोली खोजतलासमा खटिएको थियो । प्रहरीले खोजतलासको क्रममा बिहीबार बिहान साढे ८ बजे जनकपुरधाम(१९ बेंगा शिवपुर पिपराढीस्थित सञ्चालनमा रहेको हाँस तथा भैंसी फारमको पछाडि खेतमा भाग्दै गरेको अवस्थामा तीनै जनालाई पक्राउ गरिएको पत्रकार सम्मेलनमा धनुषाका प्रहरी उपरीक्षक वसन्त रजौरेले जानकारी दिए ।
मनीषासँगै पक्राउ परेकी महिला किरण राम र यादवले बच्चा चोरीमा सहयोग गरेको प्रहरीको भनाई छ । बच्चा चोरीमा सघाएर मनीषाले यादवलाई १३ हजारसमेत दिएको उनले बताए । उपरीक्षक रजौरेले मनीषालाई छोरा नभएकाले जसरी पनि छोरा चाहियो भनेर बच्चा चोरी गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको बताइएको छ ।
पक्राउ परेकाहरूमाथि अपहरण सम्बन्धी मुद्दा दर्ता गरी आवश्यक अनुसन्धान सुरु गरिएको धनुषा प्रहरीले जनाएको छ ।













पल्टेको ग्यास बुलेट हटाउन नसक्दा १३ घण्टादेखि पूर्व-पश्चिम राजमार्ग अवरुद्ध
विद्यार्थीहरूलाई देशप्रेमको भावना जगाउँने शिक्षा दिनु आवश्यकः अध्यक्ष विजुक्छेँ
कांग्रेसबाट समानुपातिक सूचीमा पूर्व र वर्तमान राष्ट्रपतिका छोरा–छोरी पनि
कांग्रेस चुनावबाट भाग्दैन बरु हार्न तयार छ : कोइराला
पुतिनको निवासमाथि ड्रोन आक्रमण बनावटी दाबी मात्र : युक्रेन
प्रतिनिधिसभा निर्वाचन : आज र भोलि समानुपातिक निर्वाचनको बन्द सूची पेस गर्ने कार्यतालिका
एनएसजेएफ पल्सर स्पोट्र्स अवार्डको नयाँ मिति घोषणा, पावर्ड बाईमा यती एयरलाइन्स
रवि–बालेनबिच ७ बुँदे सम्झौता : दल ‘राष्ट्रिय स्वतन्त्र पार्टी’ नै रहने, प्रधानमन्त्रीको उम्मेदवार बालेन बन्ने
रवि भन्छन् – सहमति नेताले खोजेजस्तो नभई देशलाई चाहिएजस्तो हुनुपर्छ
कुलमानको उज्यालो नेपाल र प्रलोपाबीच एकता हुँदै
प्रतिक्रिया