भेटियो बालकुमारी मन्दिरबाट हराएको मूर्ति

ललितपुर । ललितपुरको सुनाकोठीस्थित बालकुमारी मन्दिरबाट गत माघ ८ गतेदेखि हराइरहेको मूर्ति फेला परेको छ । मुर्ति शुक्रबार बिहान ६ बजेतिर ललितपुर महानगरपालिका– १५ स्थित करुणा मन्दिरको छेवमा फेला परेको प्रहरीले जनाएको छ ।
मूर्ति फेला परेको कुरा स्थानीयले प्रहरीलाई खबर गरेका थिए । अहिले मूर्ति जावलाखेलस्थित महानगरीय प्रहरी कार्यालयमा राखिएको छ । उक्त मूर्ति बालकुमारी मन्दिरको पुरानै स्थानमा प्रतिस्थापनका लागि प्रहरीले आजै हस्तान्तरण गर्दैछ ।
बालकुमारी मन्दिरबाट हराएको मूर्ति खोजीका लागि स्थानीय जनप्रतिनिधी तथा उर्जा मन्त्री पम्फा भुसालले चासो देखाएकी थिइन् । मन्दिरबाट हराएको मूर्ति सक्रियतापूर्वक खोजी गर्न गृहमन्त्री बालकृष्ण खाँडलाई मन्त्री भुसाल सहितका त्यहाँका जनप्रतिनिधिसहितको टोलीले ज्ञापनपत्रनै बुझाएको थियो ।
भुसालको नेतृत्वमा पुगेको जनप्रतिनिधीको टोलीले गृहमन्त्रीलाई बुझाइएको ज्ञापन पत्रमा भनिएको थियो, – कुनै विलम्ब नगरी केन्द्रीय अनुसन्धान महाशाखाबाट तत्काल उक्त चोरीको सुक्ष्मभन्दा सुक्ष्म तवरले खोजी तथा अनुसन्धान गर्न आग्रह गर्दछौँ । मूर्ति चोरीमा संलग्नलाई पक्राउ गरी चोरीको महलमात्र नभई प्रचिन स्मारक संरक्षण ऐन २०१३ अनुसार हदैसम्म कारबाही गर्न हामी स्थानीयवासीहरू जोडदार माग गर्दछौँ ।
मूर्ति फेला परेपछि मन्त्री भुसालले सामाजिक सन्जालवाट खुसी ब्यक्त गरेकी छिन् । उनले नेपाल प्रहरीलाई धन्यवाद समेत दिएकी छिन् ।













खालिदा जियाकाे राजकीय विदाइ
म्याग्दीमा यस वर्ष सुन्तला उत्पादन घट्यो
पेरूमा पर्यटक बोकेको रेल दुर्घटना: एक जनाको मृत्यु, ४० भन्दा बढी घाइते
स्याङ्जामा पुरुषभन्दा महिला मतदाता धेरै
एनएसजेएफ पल्सर स्पोट्र्स अवार्डको नयाँ मिति घोषणा, पावर्ड बाईमा यती एयरलाइन्स
एमालेको आदिवासी जनजाति क्लस्टरतर्फ समानुपातिक सूचीको पहिलो नम्बरमा बादल
एमाले सचिवालय बैठकः समानुपातिकतर्फको बन्दसूची आयोगमा बुझाउने निर्णय
कुलमानको उज्यालो नेपाल र प्रलोपाबीच एकता हुँदै
पुस १४ गते साेमवारकाे राशिफल,कस्ताे रहला तपाइकाे आजकाे दिन ?
प्रतिक्रिया