आइतबार, माघ ४, २०८२

पार्टीबाट अलग भएर देश दौडाहमा निस्किए कमल थापा, आज प्रदेश १ मा

मेरोन्यूज २०७८ माघ २८ गते ११:००

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)बाट अलग भएपछि कमल थापा प्रदेश १ को भ्रमणमा निस्केका छन् । नयाँ पार्टी दर्ता गर्ने तयारीमा रहेका उनले शुक्रबार मोरङ, सुनसरी र झापाका हिन्दुवादी अगुवाहरूसँग भेटघाट गर्ने भएका छन् ।

उक्त क्रममा उनीहरूबाट थापाले राय सुझाव लिने उनीनिकट नेता राजाराम बर्तौलाले जानाकारी दिए । प्रदेश १ पछि थापाले अन्य प्रदेशको भ्रमण गर्ने छन् । राप्रपाका नेता कार्यकर्तासँगै सेवा निवृत्त सुरक्षाकर्मीदेखि राष्ट्रसेवकलाई दर्ता गर्न लागेको पार्टीमा समाहित गर्ने उनको चाहना छ ।

महाराजगन्जको एउटा होटलमा बिहीबार थापा समर्थित नेताहरू सम्मिलित बैठकले उनलाई नै पार्टी दर्ता प्रक्रियाको काम गर्ने जिम्मेवारी दिएको छ । जिम्मेवारी पाएलगत्तै थापा राय सुझावका लागि भन्दै प्रदेश स्तरमा समर्थितहरूसँगको भेटघाटमा निस्केका हुन् ।

मंगलबार थापाले राप्रपाबाट अगल भएको घोषणा गरेका थिए । उनको टकराव पार्टी अध्यक्ष राजेन्द्र लिङ्देनभन्दा पूर्वराजा ज्ञानेन्द्रसँग थियो । पूर्वराजाले हालै सम्पन्न पार्टी महाधिवेशनमा ठाडो हस्तक्षेप गर्दा पराजित हुनु परेको थापाको आरोप छ ।

प्रतिक्रिया