पेरुमा बस दुर्घटना, कम्तिमा २० जनाको मृत्यु
मेरोन्यूज
२०७८ माघ २८ गते ११:१२
काठमाडौँ । उत्तरी पेरुको ला लिबर्टाड विभागको पाटज प्रान्तमा बुधबार एक यात्रुवाहक बस करिब सय मिटर खाडलमा खस्दा कम्तीमा २० जनाको मृत्यु भएको छ । घटनामा ३३ जना घाइते भएका छन् ।
क्षेत्रीय स्वास्थ्य विभागले स्थानीय समयअनुसार बुधबार करिब १४–४० मा टायबाम्बा र ह्वान्कास्पाटाको एन्डियन शहरहरू बीचको ग्रामीण क्षेत्रमा दुर्घटना भएको जनाएको छ । रिपोर्टका अनुसार पिकाफ्लोर कम्पनीको अन्तर प्रदेशीय बस तायबाम्बाबाट ला लिबर्टाडको राजधानी ट्रुजिलो जाँदै गर्दा सडकबाट चिप्लिएको थियो ।
नजिकैका शहरहरूमा बस्ने मानिसहरू घाइते यात्रुहरूलाई मद्दत गर्न घटनास्थलमा पुगेका थिए । जसलाई तायबाम्बा, ह्वान्कासपाटा र ट्रुजिलोका स्वास्थ्य केन्द्रहरूमा लगिएको थियो ।
राष्ट्रिय प्रहरी र सरकारी वकिलको कार्यालयका कर्मचारीले शव हटाउने र अनुसन्धान शुरु गर्ने जिम्मा लिएका थिए ।
सम्बन्धित














यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
नेपाली अलराउन्डर क्रिकेट खेलाडी गुलशन झालाई एस जिको एकवर्षे प्रायोजन
कांग्रेस देउवा पक्षको केन्द्रीय कार्यसमिति बैठक बस्दै
काठमाडौँका यी स्थानमा आज बिजुली कटौती हुने
हाफ म्याराथनको उपाधि गुरुङलाई
गगन-विश्वप्रकाश पाँच वर्षका लागि कांग्रेसबाट निष्कासित
सहमतिमै नयाँ नेतृत्व चयन गर्न कमलपोखरीमा छलफल हुँदै, गगन पनि पुगे
निष्कासनपछि गगन थापाले भने– कांग्रेस कसैको निजी कम्पनी होइन
सुनचाँदीको मूल्यमा दिनदिनै नयाँ रेकर्ड, आज ताेलाकाे कति ?
प्रतिक्रिया