सोमबार, वैशाख २१, २०८३

सभामुखले अनाधिकृत रुपमा एमसीसी रोक्न पाउँदैनन् : ओली

मेरोन्यूज २०७८ माघ २८ गते १४:५८

Advertisement
NiccNicc

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सभामुखले अनाधिकृत रुपमा अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कम्प्याक्ट (एमसीसी) सम्झौता रोक्न नपाउने बताएका छन् । ओलीले सम्झौता अनुमोदनका लागि सरकारले संसदमा पेश गर्न चाहे सभामुख अग्निप्रसाद सापकोटाले रोक्न नपाउने बताएका हुन् ।


सरकारको नेतृत्व गरिरहेको दल नेपाली कांग्रेसले विहिवार मात्र सभामुखले एमसीसी रोक्न नपाउने धारणा सार्वजनिक गरेको भोलिपल्टै ओलीले पनि कांग्रेससाग लोलीमा बोली मिलाउँदै सोही खालको धारणा सार्वजनिक गरेका हुन् ।

एमालेले आयोजना गरेको स्थानीय तह निर्वाचन लक्षित प्रशिक्षण तथा अभिमुखीकरण कार्यक्रमको उद्घाटन गर्दै अध्यक्ष ओलीले सभामुखले एमसीसी सम्झौता संसदमा पेश गर्न दिन्न भन्नु सभामुखको अधिकार भन्दा बाहिरको कुरा भएको बताए ।‘संसदमा सरकारले एमसीसी अगाडी बढाउन चाहँदा पेश नगरी रोक्छु भन्ने सभामुखको अधिकार छैन, यो उनको कर्तव्य होइन, उनले अनधिकृत ढंगले काम गर्न पाउँदैनन्’ ओलीले भने ।

आफु सरकारको नेतृत्वमा रहेका बेला यसअघि कृष्णबहादुर महरा सभामुख हुँदा पनि एमसीसीलाई अनधिकृत रुपमा रोकिएको भन्दै ओलीले संसदले एमसीसीबारे निर्णय गर्न पाउनुपर्ने बताए । ‘संसदले के गर्छ आफ्नै ठाउँमा छ । तर संसदलाई त्यो अधिकार नदिने कुरा अनधिकृत हो’ ओलीले भने ।

प्रतिक्रिया