भालुको पित्तसहित एक पक्राउ
मेरोन्यूज
२०७८ माघ २८ गते १५:४२

काठमाडौं । प्रहरीले संरक्षित वन्यजन्तु भालुको पित्तसहित एकजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा लमजुङको दोर्दी गाँउपालिका-८ खिन्चोकका ३५ वर्षीय मनबहादुर सिलवाल क्षेत्री रहेका छन् ।
प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआईबी)ले टोखा नगरपालिका-९ आनन्द टोलबाट क्षेत्रीलाई बिहीबार पक्राउ गरी आज सार्वजनिक गरेको हो । ब्यूरोका प्रवक्ता, प्रहरी उपरीक्षक श्यामकुमार महतोले भालुको आखेटोपहार अवैध रुपमा ओसारपसार गरेर बेचबिखन गर्न लागेको अवस्थामा क्षेत्रीलाई पक्राउ गरिएको जानकारी दिए ।
पक्राउ परेका क्षेत्रीको साथबाट २४० ग्राम पित्त बरामद गरिएको छ । उनलाई आवश्यक अनुसन्धान र कारबाहीका लागि डिभिजन वन कार्यालय हात्तीसारको जिम्मा लगाइएको महतोले बताए ।
सम्बन्धित
















एमाले प्रमुख सचेतकमा ऐन महर
पार्सल पठाउने नाममा ठगी गर्ने लिम्बू पक्राउ
सुकुम्वासी व्यवस्थापन अभियानः सहयोगका लागि वास्तविक सुकुम्वासीलाई आग्रह
सुनसरी प्रहरीको ‘स्वीप अपरेसन’ : १२० जना नियन्त्रणमा
सुक्खाले बढायो डढेलो र प्रदूषण
सरकार बनेको महिना दिन नपुग्दै गयो २ मन्त्रीको पद
रविको सांसद पद निलम्बनको माग गर्दै सर्वोच्चमा रिट
इरान वार्ता अघि नबढे इरानमा पुनः ‘बमबारी’ हुनसक्ने राष्ट्रपति ट्रम्पको भनाइ
वैशाख ९ गते बुधबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
संसदका दुवै सदनको अधिवेशन आह्वान
प्रतिक्रिया